ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Sunday, September 6, 2009

सरकार सय दिने कामः बैठकै बैठक

काठमाडौं, २१ भदौ (दैनिकी) सरकारले सय दिनमा राजनीति गतिरोध अन्त्य गर्न ११ वटा सर्वदलीय बैठक गरेको छ । सरकारका तर्फबाट सूचना तथा सञ्चार मन्त्री शंकर पोखरेलले आइतबार पत्रकार सम्मेलन गरी यसबीचमा २२ दलीयसहितका ११ वटा बैठक भएको बताए ।
मन्त्री पोखरेलले बाइस दलको गठवन्धन सरकारले राष्ट्रिय महत्वका मुद्दामा दलिय सहमति कायम गर्न प्रयास गरेको र सोही अनुरुप यसबीचमा एघार पटक सर्वदलीय बैठक भएको जानकारी बताए।
उनले शान्तिप्रकृयालाई तार्किक निष्कर्षमा पुर्र्याउन वा ठोस नतिजा निकाल्नका लागि सय दिने समय नभएको भन्दै यसबीचमा सरकारले थुप्रै उपलब्धी हासिल गरेको बताए । ती थुप्रै उपलब्धी के थिए भन्ने ठोस जवाफ भने दिएनन । "हामीले माधवकुमार नेपाल सरकारका सय दिने उपलब्धीहरुबारे समेटेर पुस्तिका बनाएका छौंऽ त्यही हेर्नुस न" सरकारका प्रवक्ता पोखरेलले भने ।
सय दिने उपलब्धीको सरकारी पुस्तिका
उनले यसबीचमा शान्ति सुरक्षाको स्थितिमा सुधार आएको दाबी गरे ।
मन्त्री पोखरेलले लोकतन्त्रलाई संस्थागत बनाउन सरकार सफल भएको दावी गरे । सरकार गठन भएदेखि नै मुलुक सैनिकीकरणतर्फ जाने भ्रम फिजाइएकोउल्लेख गर्दै त्यसलाई चिर्दै सरकारले लोकतन्त्रलाई बलियो बनाउन जिम्मेवार ढंगले काम गरेको बताए।
उनले संविधानसभाअन्तर्गत संवैधानिक समितिको अध्यक्ष चयनले संविधान निर्माण प्रक्रियामा गति थपिएको भन्दै सेना समायोजन विशेष समिति पुर्नगठन भएर लडाकू समायोजन प्रक्रिया अघि बढेको प्रष्ट पारे
माओवादी अवरोधका कारण व्यवस्थापिका स‌ंसदबाट बजेट पारित नभए पनि कार्यान्वयन भइरहेको उनको दाबी थियो ।
उनले यस अवधिमा राजश्व ५२ प्रतिशतले र कूल सरकारी खर्च ४९ प्रतिशतले बढेको बताए ।
केही दिनअघि थपिएका नयाँ मन्त्रीहरुको सपथ ग्रहण बहिस्कार गरेका कांग्रेसी मन्त्रीहरु भने सरकारका उपलब्धी सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा पनि अनुपस्थित थिए ।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by