ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Sunday, September 6, 2009

किन छाड्छन् मान्छेले फेसबुक ?


सोसल नेटवर्किङ साइट फेसबुक जति लोकप्रिय भए पनि एक पटक चलाएर यसलाई छोड्नेहरु पनि प्रशस्तै भेटिन्छन्। एक जनाले फेसबुक एकाउन्ट बन्द गरिदिइन्, किनभने उनलाई लाग्यो यो साइटले उनको समय धेरै बर्बाद गर्न थाल्यो। गोपनियता केही राखेन। अर्का एक जना कुनै कारण विना नै फेसबुकबाट गायब भए। बिभिन्न कारणमा फेसबुकलाई बिदा दिनेहरू हाम्रो वरिपरि भेटिन थालेका छन्।

तर फेसबुकको बढ्दो लोकप्रियताका अगाडि फेसबुक चलाउन छाड्नेहरूले कुनै अर्थ नराख्न सक्छन्। कमस्कोर नामको एक संस्थाको तथ्याङ्क अनुसार जुलाइ महिनामा मात्रै ८ करोड ७७ लाख अमेरिकीले पहिलो पटक फेसबुक चलाए। ठूलो संख्यामा फेसबुकका नयाँ प्रयोकर्ता बढिरहे पनि सानो तर उल्लेख्य समूहले यसलाई छाड्ने क्रम पनि जारी छ। लेफ हार्मसेन, एक पूर्व फेसबुक प्रयोगकर्ता हुन्। तर उनी अहिले फेसबुकविरुद्ध अभियान चलाउँछिन्। कुनै समय उनकी आमा भन्ने गर्थिन्, 'फेसबुक राक्षस हो'। आजकल उनलाई आमाले भनेको कुरा एकदम सही लाग्न थालेको छ। हार्मसनको विचारमा फेसबुक भनेको उत्तर कोरिया जस्तै एक तानाशाही शासन हो। उनी ...सट योर फेसबुक' (तिम्रो फेसबुक बन्द गर) लेखिएको टिसर्ट बेच्छिन्।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by