ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Thursday, September 10, 2009

नेपालका लागि भारतले हवाई सिट थप्यो

काठमाडौं, २५ भदौ (दैनिकी)

भारतले नेपाल भारतबीचको उडानमा रहेको साप्ताहिक विद्यमान ६ हजार सिटलाई वृद्धि गरेर ३० हजार सिट पुर्र्याउने सहमति जनाएको छ । नयाँ सम्झौताअनुसार नेपाली वायुसेवाहरूले दिल्लीका लागि साप्ताहिक १५ हजार सिटसम्म र मुम्बई र बैंगलोरका लागि साप्ताहिक १० हजार सिटसम्म उडान गर्न पाउने छन ।
यो प्रावधान १ जनवरी २०११ देखि लागू हुनेछ । नेपाल भारतबीच भएको नयाँ हवाई सम्झौताअनुसार दुबै देशका वायुसेवाहरूले स्वीकृतिप्राप्त रुटमा आफ्नो क्षमताअनुसार कुनै पनि प्रकारका एयरक्राफ्टबाट जतिसुकै उडान गर्न सक्ने छन ।
योबाहेक नेपाली वायुसेवाले देहरादून, गोरखपुर र बागडोगरा विमानस्थलमा पनि उडान गर्न पाउने भएका छन । यस्तै भारतीय वायुसेवाले पोखरा, लुम्बिनी, पोखरा, नेपालगञ्ज, बिराटनगर, जनकपुर, धनगढी र भैरहवाका विमानस्थलमा उडान गर्न पाउने छन। ती विमानस्थलमा अन्तर्राष्ट्रिय उडान थालिने वित्तीकै भारतीय वायुसेवाले उडान थाल्ने सहमति भएको छ ।
अन्तर्राष्ट्रिय हवाइ उड्डयन प्राधिकरणको प्रारुप अनुसार दुबै देशबीचको हवाई सेवा सम्झौतामा पुनरवलोन भएको हो । नेपाल नागरिक उड्डयन प्राधिकरण र भारतीय नागरिक उड्डयन प्राधिकरण (एएआइ)बीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।
नेपालले भारतका लागि सार्क अफर स्वीकार गरेको मात्र छैन दुबै पक्षले सार्क अफरमा अझ उदार बनाउने विमर्श पनि गरेका छन । नेपालको रूट संशोधनको प्रस्तावमा लागि नेपाली प्रतिनिधिमण्डलले काठमाडौंमात्र अन्तर्राष्ट्रिय उडानका लागि एकमात्र विमानस्थल जानकारी गराएको थियो ।
मंगलबार र बुधबार भएका दुई देशका उड्डयन अधिकारीको बैठकले यो निर्णय गरेको हो । सन् १९९७ मा भएको वायुसेवा सम्झौतापछि वायुसेवाका क्षेत्रमा भएको विकासलाई ध्यानमा राखेर नयाँ सम्झौता गरिएको हो । यो सम्झौता दुबै देशका सरकारहरूद्वारा औपचारिक स्वीकृति दिए पूर्ण रुपमा लागू भए पनि तत्कालै लागू हुनेछ ।


No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by