ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Friday, September 11, 2009

रणवीर सेनाको आधारशिविरमा प्रहरी छापा; ४ कटुवा पेस्तोल र ३ बम बरामद

बिराटनगर, भदौं २६ (नागरिक)- रणवीर सेनाको आधार शिविरमा छापामारी मोरङ प्रहरीले विस्फोट गराउन तयारी अवस्थामा राखिएका ३ शक्तिशाली सकेट बम र ४ थान कटुवा पेस्तोल सहित ठूलो संख्याम विस्फोटक पदार्थ बरामद गरेको छ। बिराटनगरको कञ्चनबारीस्थित आधारशिविरमा छापा मार्दा विस्फोटक पदार्थ बरामद भएको जिल्ला प्रहरी कार्यलय मोरङका एसपी देवेन्द्र सुवेदीले बताए।

'पड्काउन ठिक पारिएका हतियार प्रहरीले बरामद गरी ठूलो दुर्घटनाबाट जोगाउन सफल भएको छ'- एसपी सुवेदीले भने। रणवीर सेनाका अध्यक्ष र मुख्य योजनाकार समेतलाई पक्राउ गरेपछि सरकारद्वारा अपराधिक समूहको सूचिमा रहेको रणवीर सेनाको नेटवर्कलाई ठूलो धक्का लागेको छ।

यसै साता मोरङ प्रहरीले रणवीर सेनाका अध्यक्ष विनोद पाण्डे र उनका भाइ सुमन पाण्डेलाई पक्राउ गरेको थियो। उनीहरुले नै दिएको सूचनाको आधारमा प्रहरीले बिराटनगरको कञ्चनबारीस्थित सेनाको आधारशिविरमा छापा मार्दा बम र पेस्तोल र बम बनाउन प्रयोग गरिने विस्फोटक पदार्थ बरामद गरेको जनाएको छ।

यसैगरी मोरङ प्रहरीले कांग्रेस केन्द्रीय कार्यलयमा बम बिष्फोट गराउने कार्यमा संलग्न उज्जवल खरेललाई समेत पक्राउ गरेको थियो।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by