ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Saturday, September 12, 2009

माओवादीलाई अलग्याएर संविधान बन्दैन : खनाल

विराटनगर, भदौ २७ (नागरिक)-

नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले समयमै संविधान बनेन भने मुलुकमा अकल्पनीय दुर्घटना हुने बताएका छन्। उनले एकिकृत नेकपा माओवादीलाई एक्ल्याउनु भन्दा सहमतिमा ल्याउनु जरुरी रहेको बताए। झापाबाट काठमाडौं फर्कने क्रममा विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँत कुरा गर्दै एमाले अध्यक्ष खनालले माओवादीलाई एक्ल्याएर वा पन्छाएर समयमा संविधान बनाउन नसकिने बताए। उनले भने- ‘माओवादीलाई अलग्याएर संविधान बन्दैन, समयमै संविधान बनाउन एमाले, कङ्ग्रेस र माओवादी मिल्नैपर्छ।'

‘सरकार गिराउने वा ढाल्ने खेलभन्दा संविधान निर्माणमा लाग्नुपर्ने बेला हो, 'खनालले भने- 'सरकारको नेतृत्व गर्नु ठूलो कुरा हैन, संविधान बनाउने काम ठूलो हो।' एकिकृत नेकपा माओवादीलाई सहमतिमा ल्याउने प्रयास भइरहेको जानकारी दिँदै एमाले अध्यक्ष खनालले भने- ‘माओवादी सहमतिमा आउनैपर्छ, त्यसका लागि छलफल जारी छ।'

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by