ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Friday, August 14, 2009

सिमा नाकामा राखिएका सर्तकता केन्द्रहरु हटे

नेपालमा पनि स्वाइन फ्लूले माहामारी लिन सक्ने खतरा

भैरहवा ३० साउन (दैनिकी)

भारतमा स्वाइन फ्लू संक्रमितको संख्या बढिरहेका बेला सर्तकता अपनाउन भन्दै नेपालले सिमावर्ती स्थानमा राखेका हेल्प डेस्कहरु धमाधम हटाउन थालेको छ।
विश्व स्वास्थ्य सगंठनले महामारीको घोषणा गरेको १८ दिन पछि नेपालमा स्वाइन फ्लु भेटिएको पुष्टि भएपछि करिब ४५ दिन अगाडि सरकारले सीमा नाकामा उच्च सर्तकता अपनाउन स्थापना गरेको सर्तकता केन्द्रहरु बिहीबारबाट हटाइएका छन्।
सरकारले रोग फैलन नदिन सम्भावितत नाकाहरुमा चेक जाचमा कडाई गर्नुका साथै सर्वसाधारणलाई सतर्क रहन प्रचार प्रसार गर्न भन्दै स्थापना गरिएका सर्तकता केन्द्रहरु म्याद सकिएको भन्दै बिहीबारबाट हटाइएका हुन।
बिहीबारमात्र रुपन्देही र मोरङमा रहेका सतर्कता केन्द्र हटाइएका छन्।
सरकारले ४५ दिन अघि नेपाल प्रवेश गर्ने नेपाल भारत सिमानाकाको सबैभन्दा ठूलो स्थलमार्ग बेलहिया नाकामा स्थापना गरेको सतकर्ता केन्द्र अर्थात हेल्प डेस्क बिहीबार बिहानदेखि हटाएको छ।
सिमानाका बेलहियामा ४५ दिन अगाडि २ जना कर्मचारीका साथ राखिएको हेल्प डेस्कको समय अवधि सकिएको कारण देखाउदै जिल्ला जनस्वास्थ्य कार्यालयले हटाइएको जनाएको छ।
जनस्वास्थ्य कार्यलय रुपन्देहीका वरिष्ठ जनस्वास्थ्य अधिकृत रामचन्द्र खनालले सरकारले सर्तकता केन्द्र पुन सञ्चालन गर्नं कुनै पनि किसिमको जानकारी नगराएको र बिहीबारबाट सरकारले तोकेको समय सकिएको भन्दै हटाइएको जानकारी दिए।
मोरङको सिमावर्ती क्षेत्र जोगवनी राखिएको स्वाइन फुलु सर्तएकता केन्द्र पनि बिहीबारैबाट हटाइएको छ।
बेलहियामा राखिएको सर्तकता केन्द्र हटेपछि तेस्रो मुलुकबाट आउने पर्यटक हरु खुलेयाम रुपमा नेपा भित्रन सक्ने छन् भने स्वाईन फ्लुको महामारी पनि भित्रने बाटोबा खुलेर ने गएको छ।
छिमेकि मुलुक भारत र नेपालमा पनि स्वाई फुलु संक्रमितको सङख्या बढिरहेका बेला सिमा क्षेत्रमा राखीएका सर्तकता केन्द्र एकाएक हटेपछि स्वाईन फुलुले नेपालमा पनि महामारिको उच्च रुप लिन सक्ने संभावना झनै बढेर गएको छ।



No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by