ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Friday, August 14, 2009

काठमाडौँमा फ्लाइओभर ?



flyoverसवारी साधनको भीडले दिनहुँ जामको समस्या झेल्दै आएको राजधानीमा सडक व्यवस्थापनका लागि आकासे सडक ‘फ्लाई ओभर’को सम्भाव्यता अध्ययन प्रकृया सुरुभएको छ। सडक विभागले यसका निम्ति परामर्शदातृको खोजी सुरुभएको जानकारी दिएको छ।

जम्मा २८ किलोमिटर क्षेत्रफल रहेको उपत्यकाको चक्रपथमा कलंकी, सातदोवाटो, कोटेश्वर, चावहिल, महाराजगंज र बालाजु बाइपास लगायतका बढी मात्रामा ट्राफिक जाम हुने ठाउँलाई ‘फ्लाई ओभर’को सर्वेक्षण स्थलका रुपमा अध्ययन गरिने सडक विभाग काठमाडौ डिभिजनले जनाएको छ। त्यसमध्ये नयाँ बानेश्वर र पुरानो बानेश्वर पनि संभाव्यतामा पर्छ।

काठमाडौको जामले सर्वसाधारणको दैनिकीमा नकारात्मक प्रभाव पार्न थालेपछि सडक विभाग, काठमाडौ डिभिजनले यो विकल्प खोजेको हो । त्यसको लागि चालु आर्थिक वर्षको बजेटमा सरकारले नै काठमाडौंमा ‘ˆलाई ओभर’ बनाउने योजना अघि सारेको छ।

‘विभागका लागि अर्थ मन्त्रालयले कुल बजेटमध्ये ४१ करोड रुपैयाँ विभागको लागि विनियोजन गरेकोमा त्यसमध्ये ४० लाख रुपैयाँ फ्लाईओभरको सम्भाव्यता अध्ययनका लागि छुट्याइएको छ’, सडक विभाग काठमाडौ डिभिजनका इन्जिनियर कर्णबहादुर रानाभाटले नागरिकसँग भने,’ यसका लागि टेण्डर आव्हानमार्फत कन्सल्टेण्ट खोज्ने तयारीमा लागेका छौ’।


टेण्डरपछि संभाव्यता अध्ययन गर्ने र त्यसको रिर्पोटको आधारमा भौतिक योजना मन्त्रालय मार्फत सरकारलाई बजेट व्यवस्थाको लागि अनुरोध गरेर काम सुरु गर्ने योजना रहेको रानाभाटले बताए।

‘सरकारले कार्यक्रम राखेको छ, अध्ययन पछि मात्र यसको विस्तृत यकिन हुन्छ,’, सडक विभाग काठमाडौ डिभिजन प्रमुख बलराम मिश्रले भने, ‘यसको लागि कसरी अगाडी बढ्ने भनेर छलफल गर्दैछौ।’ उनका अनुसार यसको बारेमा पूरै अध्ययन नभईकन अहिले नै केही भन्न सकिदैन।

‘लागत अनुमान गरी विदेशी दाताको खोजी गर्नेर् पनि योजना छ’, रानाभाट भन्छन्, ‘यो तयार भए काठमाडौको जाम चार गुणा कम हुन सक्छ।’

जम्मा ८ सय किलोमिटर सडक भएको काठमाडौं उपत्यकामा ३ सय १७ किलोमिटर सडक विभागको मातहतमा छ। त्यसैगरी नेपाल भर नौ लाखको हाराहारीमा रहेको सवारीसाधनमध्ये राजधानीमा मात्र त्यसको ६० प्रतिशत सवारीसाधन रहनाले सडक जामको समस्या उत्पन्न भएको सम्बन्धित कार्यालयको दावी छ।

‘अहिलेलाई सरकारको सोँच मात्र हो,’ सडक विभागका सिनियर डिभिजनल इन्जिनियर कृत्यानन्द ठाकुरले भने, ‘ सर्वेक्षण गरी संभाव्यता अध्ययन गरेर मात्र यसको निष्कर्ष निस्कन्छ।’

करिब दुई वर्ष पहिले पहिचान गरिएको यो योजना बारे बल्ल अध्ययन सुरु हुन लागेको हो।

[Source: http://www.nagariknews.com/news-highlights/139-highlights/3949-2009-08-13-04-50-40.html]

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by