ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Friday, August 14, 2009

भारतले स्विकार्‍यो अतिक्रमण ; नयाँ सीमास्तम्भ बनाइने

नयाँ सीमास्तम्भ बनाइने

image

भारतले स्विकार्‍यो अतिक्रमण

नयाँ पत्रिका

इलाम, २९ साउन

पूर्वी नेपालका भारतीय सीमावर्ती क्षेत्रमा नयाँ स्तम्भ निर्माण गर्न दुवै देशका अधिकारीहरूबीच सहमति भएको छ । पूर्वी क्षेत्रमा भएको सीमा अतिक्रमण भारतीय पक्षले स्वीकार गरेपछि सो सहमति भएको हो ।

केही दिनअघि इलाम, पाँचथर र ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी तथा प्रहरी प्रमुख र भारतीय समकक्षी अधिकारीहरूबीच सिक्किममा भएको दुईदिने बैठकमा यस्तो सहमति भएको इलामका प्रमुख जिल्ला अधिकारी सुदर्शनप्रसाद ढकालले बताए । नेपालका अधिकारीहरूले सिक्किम सरकारलाई तत्काल सीमा समस्या समाधानका लागि प्रस्ताव गरेपछि सिक्किम सरकारले आफूहरूको पक्षबाट सीमा अतिक्रमण भएको स्वीकार गरेको बताइएको छ ।

पश्चिम सिक्किमसँग सिमाना जोडिएका पूर्वी पहाडी जिल्लाहरू इलाम, पाँचथर र ताप्लेजुङका पूर्वी सीमावर्ती क्षेत्रमा केही समयभित्रै नयाँ सीमास्तम्भ निर्माण गरिने दुवै देशका अधिकारीहरूबीच सहमति भएको छ । जसअनुसार सीमावर्ती क्षेत्रहरू जमलेपोखरी, गैरी, फाल्की, बज्रडाँडालगायतका स्थानमा बिगि्रएका, हराएका र सारिएका क्रमशः ३६ नम्बरको प्रमुख सीमा स्तम्भ, तथा ४१/१, ४३/१, ४३/१, ४३/३, ४८/१, ५०/१ र ५०/३ नम्बरका सहायक सीमास्तम्भहरू निर्माण गर्ने र ३९ नम्बरको हराएको सीमास्तम्भ बनाइने भएको छ ।

'सीमास्तम्भ निर्माणका लागि अक्टोबर २० सम्ममा दुवै पक्षका अधिकारीहरूको टोलीले सीमा क्षेत्रको अवलोकन गर्नेछ,' प्रमुख जिल्ला अधिकारी ढकालले नयाँ पत्रिकासँग भने, 'अवलोकनका क्रममा भेटिएका प्रमाणका आधारमा नयाँ सीमास्तम्भ बनाइनेछ ।'

गृह मन्त्रालयले दिएको निर्देशनअनुसार बैठकमा सीमा अतिक्रमणसँगै सीमा क्षेत्रमा हुने विभिन्न गतिविधिका बारेमा पनि छलफल भएको थियो । सीमावर्ती क्षेत्रमा बसोवास गर्ने नेपालीमाथि भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले गरिरहेको ज्यादती रोक्ने विषयमा पनि भारतीय पक्ष सकारात्मक रहेको पाइएको प्रजिअ ढकालले बताए । यसैगरी पूर्वी इलाम, झापा, पाँचथर र ताप्लेजुङका विभिन्न स्थानहरूबाट वर्षेनि ठूलो परिमाणमा भारततर्फ अवैध रूपमा निकासीे र चोरी हुने काठ, जडीबुटी तथा पशुपक्षीहरूको चोरीतस्करी रोक्नमा भारतीय अधिकारीहरू सहमत भएका छन् । तीन महिनापछि नेपालमा दुवै देशका अधिकारीबीच अर्को बैठक बस्नेसमेत सहमति भएको छ । दुई देशका गृहसचिवबीच भएको सम्झौताअनुसार तीन महिनाको अन्तरमा बस्ने भनिए पनि आठ वर्षपछि बैठक बसेको हो ।

इलामको पूर्वी सीमावर्ती क्षेत्रका विभिन्न स्थानमा २० रोपनीभन्दा बढी नेपाली भू-भाग भारतीय पक्षबाट अतिक्रमण भएको विभिन्न समयमा खटिएका राज्य र स्थानीयस्तरका सीमा निरीक्षण टोलीको ठहर गरिसकेका छन् ।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by