ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Sunday, November 22, 2009

मा‌ओवादीले बजेट पास हुन तीन दिन संसद चल्न दिने

अनिश्चितकालीन आमहड्तालको घोषणा
काठमाडौं (दैनिकी)

एकीकृत नेकपा माओवादीले बजेट पारित गर्नकालागि तीन दिन सदन सूचारु गर्न दिने निर्णय गरेको छ। शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकले राष्ट्रपतिको कदम सच्याउन र नागरिक सर्वोच्चता कायम गर्न सरकार गम्भीर नबनेको निष्कर्षसहित मंसिर ७ गतेदेखि पौस ७ गतेसम्मको आन्दोलन घोषणा गरेको छ। आन्दोलनका कार्यक्रमहरुमा मंसीर महिनाभर प्रचार-प्रसार तथा जुलुस, धर्ना र पुष ७ पछि अनिश्चितकालीन आमहड्ताल छन् । मंसीर ७ देखि १५ गतेसम्म प्रचारप्रसार, १६ गतेदेखि २६ गतेसम्म जनवर्गीय संगठनलाई प्रशिक्षण र २६ गतेदेखि ४ गतेसम्म जातीय मोर्चाहरुको प्रशिक्षण तथा विरोध कार्यक्रम तय गरिएको छ । त्यस्तै पुष ५ गतेदेखि ७ गतेसम्म आमहड्तालको कार्यक्रम तय गरिएको छ । त्यतिवेलासम्म पनि माग पूरा नभए माओवादीले अनिश्चितकालीन आमहड्ताल गर्नेसम्मका कार्यक्रम तय गर्ने भएको छ । 
संयुक्त राष्ट्रिय जनआन्दोलनले सार्वजनिक गरेका आन्दोलनका कार्यक्रमहरु यस्ता छनः मंसिर ६ गतेबाट मंसिर १५ गते सम्म प्रचारप्रसार, मंसिर ६ गतेदेखि मंसिर २६ गतेसम्म जनवर्गीय संगठन परिचालन, मंसिर २६ गतेदेखि पुष ४ गते सम्म जातीय मोर्चा परिचालन, पुष ५, ६ र ७ गते आम हडताल 

क.मंसिर ७-१५ गतेसम्म – प्रचार-प्रसार -भित्तेलेखन, पर्चा, पोष्टरहरु)
ख. मंसिर १६-२५ गतेसम्म – जनवर्गहरुको विरोध कार्यक्रम
१. मंसिर १६ गते - विद्यार्थी
२. मंसिर १८ गते – महिला/शहीद र वेपत्ता परिवार तथा घाइते योद्धा र अपाङ्ग
३. मंसिर १९ गते – दलित/मुस्लिम
४. मंसिर २१ गते – साँस्कृतिककर्मी/पत्रकार
५. मंसिर २२ गते – शिक्षक/बुद्धिजीवी/उद्योग व्यवसायी
६. मंसिर २३ गते – युवा/खेलाडी
७. मंसिर २४ गते – किसान/सुकुम्बासी/मुक्त कमैया/हलिया
८. मंसिर २५ गते – मजदुर
ग. मंसिर २६-पौष ४ गतेसम्म – जातीय/क्षेत्रीय मुक्ति मोर्चाहरुको विरोध कार्यक्रम
१. मंसिर २६ गते – लिम्बुवान र कोचिला
२. मंसिर २८ गते – सेती-महाकाली/थारुवान
३. मंसिर २९ गते – किराँत/शेर्पा
४. मंसिर ३० गते – भेरी-कणर्ाली/भोटे लामा
५. पौष १ गते – नेवाः/ताम्सालिङ्ग -चेपाङ, माझी, राई-दनुवार, थामी, हेल्मो, पहरी इत्यादि)
६ . पौष २ गते – मगराँत/तमुवान -कुमाल, थकाली)
७. पौष ३ - मधेश -अवध, भोजपुरा, मिथिला)
घ. पौष ५, ६ र ७ गते : देशव्यापी आम राजनैतिक हडताल -यातायात, कलकारखाना, शिक्षण सँस्था, बजार, कार्यालय बन्द)
ङ. अतिरिक्त: राष्ट्रपति, प्रधानमन्त्री र मन्त्रीहरुलाई आम नागरिक बहिष्कार र कालो झण्डा प्रदर्शन निरन्तर जारी राख्ने ।

यो चरणको संघर्षबाट पनि नागरिक सर्वोच्चता लगायतका मागहरु सम्बोधन नगरिएमा अर्को चरणमा अनिश्चित आम हडताल लगायतका कार्यक्रहरु घोषणा गर्न वाध्य हुने विज्ञप्तिमा उल्लेख छ।


No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by