ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Wednesday, November 25, 2009

तातोपानी नाकाबाट आयात वृद्धि

ऋषिराम पौडेल/चौतारा (कांतिपुर) - व्यापार सहज हुँदै गएपछि बर्षौदेखि ह्रास भइरहेको तातोपानी नाकाबाट हुने आयातमा क्रमिक वृद्धि हुन थालेको छ । चालू आर्थिक वर्षो चार महिनामा चीनसँग व्यापार हुने प्रमुख नाकामा आयात बढदै गएको छ । मुलुकमै चर्को ढुवानी भाडा, असुरक्षित राजमार्गका साथै उच्च भन्सार मूल्यांकनलगायत कारणले आयात घटेको व्यवसायीले गुनासो गर्दै आएका थिए । सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र श्रेष्ठ विगतको तुलनामा व्यापार गर्न सहज हुँदै गएकाले आयात वृद्धि भएको बताउँछन् । एक वर्षघि खासादेखि राजधानीसम्म १ सय २६ किलोमिटर दूरीको ३ लाख ५० हजार पुगेको ढुवानी भाडा हाल ४५ हजारमा झरेको छ । राजनीतिक दलपिच्छे खुलेका संस्थाले चन्दा उठाउने क्रम बन्द भएको छ । राजमार्गमा ढाट तेर्स्याएर बस्ने संस्थालाई एक महिनाअघिसम्म एउटै कन्टेनरले दैनिक ६ हजारसम्म चन्दा दिनुपथ्र्यो ।'भाडा घटेपछि छोटो समयमा राजधानी पुग्ने यो नाकातर्फव्यापारी आकर्षित भएका छन्,' उनले भने । ल्हासासम्म रेल सेवा सुरु भएकाले पनि चीनबाट झिकाइएका व्यापारिक सामान ७ देखि १० दिनमा तातोपानी आइपुग्न थालेको छ । रक्तचन्दन तस्करीको कारण बदनामा र असुरक्षित बनेको अरनिको राजमार्गको सुरक्षामा सुधार देखिएको छ । व्यापार असहज भएपछि पलायन भएका व्यवसायी पनि कारोबारमा संलग्न हुन थालेका छन् । 

भन्सारको आधुनिकीकरण तथा सुधार कार्यक्रमलाई निरन्तरता दिएकाले पनि राजस्व संकलन उत्साहजनक रहेको कर्मचारीको दाबी छ । अघिल्लो आवको तुलनामा गत आव भन्सारले ६० प्रतिशत बढी राजस्व असुली गरेको थियो । भन्सार प्रमुख चूडामणि देवकोटाका अनुसार चालू आवको कात्तिकसम्मको लक्ष्य ६७ करोड ३७ लाख रहेकामा ८३ करोड ६७ लाख राजस्व संकलन भएको छ ।

गत आवको यस अवधिमा ४७ करोड ५० लाख संकलन भएको थियो । गत सालको तुलनामा राजस्व संकलन ३६ करोड रुपैयाँ बढी छ । कात्तिक महिनाको लक्ष्य १८ करोड रहेकामा २२ करोड ९५ लाख रुपैयाँ संकलन भएको छ । भन्सारले गत आवमा १ अर्ब ७८ करोड रुपैयाँ लक्ष्य रहेकामा १ अर्ब ९५ करोड रुपैयाँ असुली गरेको थियो ।

०६४/६५ मा ४ अर्ब रुपैयाँ बराबरको आयात भएकामा गत आव ९ अर्ब रुपैयाँको आयात भएको थियो । मूल्यांकन वृद्धिको कारण राजस्व असुली बढेको व्यवसायी बताउ“छन् । तर देवकोटा आयात परिमाण पनि बढदै गएकाले राजस्व असुली वृद्धि भएको दाबी गर्छन् । 'दैनिक ४० देखि ५० कन्टेनर सामान आयात हुन थालेको छ,' उनले भने, 'गत आवको अन्त्यसम्म दैनिक ३०/३५ कन्टेनर मात्र भित्रिने गरेको थियो ।' चालू आवको चार महिनामा ४ हजार २ सय कन्टेनर सामान आयात भइसकेको छ

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by