ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Tuesday, November 24, 2009

आज बजेट पारित हुँदै

काठमाडौ(कान्तिपुर)-
सोमबार विनियोजन विधेयकअन्तर्गत १६ मन्त्रालयमाथिको छलफल पूरा भएको छ । आज बिहान ११ बजेदेखि जारी बैठकमा सभासदले उठाएका प्रश्नको जवाफ मन्त्रीले दिएपछि मतदानबाट बजेट पारित गरिने कार्यक्रम छ । 
माओवादी अवरोधका कारण तीन महिनादेखि अल्झिएको सरकारको वार्षिक बजेट आज पारित हुँदैछ । माओवादीले बजेट पारित गर्न तीन दिन संसद चल्न दिने निर्णय गरेपछि हिजोदेखि बजेटमाथिको छलफल सुरु भएको थियो । सोमबार विनियोजन विधेयकअन्तर्गत १६ मन्त्रालयमाथिको छलफल पूरा भएको छ । आज बिहान ११ बजेदेखि जारी बैठकमा सभासदले उठाएका प्रश्नको जवाफ मन्त्रीले दिएपछि मतदानबाट बजेट पारित गरिने कार्यक्रम छ । बजेट पारित गर्न सदनमा अनिवार्य उपस्थित हुन सत्तारुढ दलहरुले आफ्ना सभासदलाई निर्देशन दिइसकेका छन् । बजेट पूर्णरूपमा कार्यान्वयन हुन विनियोजनसँगै 'आर्थिक विधेयक', 'राष्ट्र ऋण उठाउने विधेयक' र ऋण तथा जमानत गरी थप तीन विधेयक पनि पारित गर्नुपर्ने हुन्छ । ती विधेयक पारित गर्न बुधबारको समय निर्धारण गरिएको छ ।
आर्थिक संकट आइसकेकाले बजेटमाथिको छलफल एकै दिनमा सक्ने गरी कार्यसूची तय गरिएको हो । विनियोजन विधेयकमाथिको छलफलमा माओवादी सहभागी भएनन् । सोमबार संसद सुरु हुनेबित्तिकै माओवादी संसदीय दलका उपनेता नारायणकाजी श्रेष्ठले समय लिएर बोलेका थिए । उनले बोलेपछि माओवादी सभासदहरू हलबाट बाहिरिएका थिए । विपक्षी नभएको अवस्थामा सदन सञ्चालन गर्न नमिल्ने भएकाले तीन जना माओवादी सभासद मात्र हलभित्र बसेका थिए ।

माओवादी नेता श्रेष्ठले सरकारले नै बजेट पारित गर्नेतर्फ पहल नगर्दा संकटको स्थिति आएको आरोप लगाए ।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by