ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Monday, November 23, 2009

राष्ट्रपतिको कदमले देश गृहयुद्धको खतरामा : माओवादी उपाध्यक्ष

काठमाडौं (नागरिक)- 

माओवादी नेता नारायणकाजी श्रेष्ठले राष्ट्रपतिको कदमले देश गृहयुद्धको खतरामा परेको दाबी गरेका छन्। केही समयअघि सुरु भएको व्यवस्थापिका संसदको बैठकमा बोल्दै उनले भने- राष्ट्रपतिको कदमबाट देशमा प्रतिक्रान्ति सुरु भयो। नागरिक सर्वोच्चता कायम गर्न र माओवादीको नेतृत्वमा सरकार गठन गर्न नदिइए राजा ज्ञानेन्द्रको हालत हुने चेतावनी पनि उनले दलहरुलाई दिए। तेस्रो चरणको आन्दोलन घोषणा भइसकेको र त्यसले ठूलो उथलपुथल ल्याउने दाबी पनि उनको थियो। बजेट पारित गर्ने प्रयोजनका लागि मात्र यो संसद खोल्न दिएको र तीन दिनभित्र बजेटसम्बन्धी काम सक्न पनि उनले भने। निर्धारित समयभन्दा १ घन्टा ३५ मिनेट ढिलो अर्थात १२:३५ बजे शुरु भएको सो बैठकको प्रारम्भमा बोल्दै श्रेष्ठले दलहरुबीच उच्चस्तरको राजनीतिक सहमतिका निम्ति माओवादी सदैव प्रयत्नशील रहेको बताए।राष्ट्रिय सहमतिको माओवादी अपिललाई सहयात्री दलहरुबाट गरिएको वेवास्ताका कारण समस्या खडा हुँदै आएको चर्चा गर्दै उनले संविधानसभालाई संसदको रुपमा काम गर्नेगरी जिम्मेवारी सुम्पिएपछि समस्या चुलिँदै गएको बताए। उनले नेपाली कांग्रेस र एमालेका नेताहरुमा पश्चिमी शैलीको प्रजातन्त्रको पक्षमा मात्र रहेको आरोप लगाउँदै भने- ‘त्यसर्थ यी दुईदल सबैभन्दा बढी जडसुत्रवादी हुन्।'

सांसद श्रेष्ठले नागरिक सर्वोच्चता स्थापित गर्नेगरी माओवादीको प्रस्तावमा अन्य दलहरु सहमत हुन नसक्दा नै साझा सङ्कल्प प्रस्ताव तयार हुन नसकेको राष्ट्रपतिलाई लाञ्छना नलाएर पनि सङ्कल्प प्रस्तावमा छलफल गरौँ भन्ने प्रस्तावमा समेत सत्तापक्ष तयार नभएको बताए।

उनले बजेटको प्रक्रियालाई अबरुद्ध गर्ने हाम्रो कार्यक्रम थिएन भन्दै यो ढिलाइ हुनुमा सरकार नै जिम्मेवार रहेको उल्लेख गरे। सहमतिद्वारा तत्कालीन राजनीतिक गतिरोध अन्त्य गरेर बजेटमा छलफल हुन नदिन सक्रिय सत्तापक्षप्रति खेद प्रकट गरे। उनले माओवादीले उठाएको नागरिक सर्वोच्चताको विषयमा सुनुवाइ नभएमा माओवादीले तेस्रो चरणको आन्दोलनमार्फत अकल्पनीय आन्दोलनको आँधिबेहरी ल्याउने बताए।



No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by