ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Saturday, November 28, 2009

५२ हजार मागेर प्रहरीले बिद्यार्थी कुटे

इन्स्पेक्टरले माफी मागे
संजय बिश्वकर्मा/बुटवल(दैनिकी)

बुटवल ११ स्थित लुम्बिनी टेक्नीकल इन्स्टिच्युटमा अध्ययनरत दुई विद्यार्थीलाई बुधबार बेलुका प्रहरीले कुटपिट गरी यातना समेत दिएको छ। प्यूठानको ढुङ्गेगढी ३ बड्डाडा निवासी विद्यार्थी द्वय रमेश जीसी र विकास जीएमलाई प्रहरीले यातना दिएको हो। बुधबार बेलुका सिभिल पोशाकमा साइकलमा सवार प्रहरी जवान गोविन्द बस्नेत र ती विद्यार्थी बीच साइकल ठोक्किदा भएको सामान्य विवादपछि प्रहरीले उनीरुलाई ४ घण्टा थुनेर यातना दिएको पीडित विद्यार्थीले बताएका छन्। प्रहरीले बुटवलको नयाू बसपार्कमा रहेको प्रहरी विटमा थुनेर यातना दिएको हो। बस्नेतले आफूसंग विवाद भएपछि अन्य प्रहरीलाइ बोलाई विद्यार्थीहरुलाई नियन्त्रणमा लिएको र ५२ हजार दिए छाडिदिन्छौं भन्दै कुटेका थिए। विद्याथर्गीहरुका अनुसार प्रहरी सहायक निरीक्षक तारा बहादुर छहरी लगायतका तीन जना प्रहरीले कुटपिट गरेका हुन्। पैशा धेरै नभए पछि अन्त्यमा ५ सय रुपैयां प्रहरीलाई बुझाएपछि राति १० बजे आफूहरुलाई छोडिदिएको विद्यार्थी रमेशले बताए। प्रयाप्त पैशा नपाएपछि प्रहरी जवान बस्नेतले आफ्नो ९८४७१८५३३१ नम्बरको मोवाइनमा २ सय रुपैयाू ट्रान्सफर गरिदिन आग्रहर गरेका थिए कुटपिटको क्रममा प्रहरीले अपशब्द प्रयोग गर्दै तिमीहरु माओवादी हौं। तिमीहरुकै कारणसले हाम्रो तलव रोकिएको हो। भन्दै यातना दिएको विद्यार्थीले बताए।,

उक्त घटनाको विरोधमा इन्स्टिच्युटका विद्यार्थीहरु शुक्रबार न्याय माग्न वडा प्रहरी कार्यालय रामनगर पुगेका थिए। इन्स्टिच्युटका प्रशिक्षक तथा अन्य विद्यार्थीका अगाडि प्रहरी जवान बस्नेत तथा इन्स्पेक्टर ठग बहादुर केसीले माफि मागेका थिए। केसीले प्रहरी जवानको गल्ती देखिएकोले उनलाई विभागिय कारवाही गर्ने आश्वासन दि। विद्यार्थीबाट लिएको पैशा प्रहरीले फिर्ता गर्ने, कुटपिट बाट घाइते विद्यार्थीको उपचार खर्च प्रहरीले बेहोर्ने लगायतका विषयमा सुहमति भएपछि घटना सम्मभएको इन्स्टिच्युटका अजय थापाले जानकारी दिए। यसबारे नयाू सत्तासंगको संवादमा इन्स्पेक्टर केसीले दोषी प्रहरीलाई कारवाही प्रक्रिया अगाडि बढाएको बताए ।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by