ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Friday, November 27, 2009

स्वायत्त गणराज्य घोषणाले जातीय द्वन्द्व बढ्छ : सुशील

नेपालगन्ज (नागरिक)- कङ्ग्रेस सभापति सुशील कोइरालाले माओवादीले घोषणा गरेअनुसार जातीयरुपमा स्वायत्त गणराज्य घोषणा गर्ने हो भने मुलुकमा जातीय द्वन्द्व बढने बताएका छन्। यसो गर्दा जातिबीच द्वन्द्व बढ्ने र त्यसले मुलुकलाई खराब अवस्थामा पुर्‍याउने भएकाले माओवादीलाई त्यसो नगर्न कोइरालाले आग्रह गरे। प्रेस युनियनले शुक्रबार नेपालगन्जमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा कार्यवाहक सभापति काइरालाले यदि माओवादीले सत्ताको नेतृत्व गर्र्न चाहना राखेको भए संसदमा बहुमत ल्याएर देखाउनुपर्ने बताए। प्रधान सेनापतिको प्रकरणमा राष्ट्रपतिले चालेको कदम कुनै पनि हालतमा नसच्चाइने कोइरालाले प्रष्ट पारे।
सबै दलको आपसी सहमतिबाट मात्र मुलुक अघि बढ्ने भएका कारण माओवादीलाई गैरजिम्मेवार नहुन उनले आग्रह गरे। गणराज्य घोषणा गर्ने माओवादी निर्णयलाई कोइरालाले 'गैरजिम्मेवार' काम भनी टिप्पणी गरे।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by