ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Saturday, November 28, 2009

सुन्तला चीन निर्यात हुने

वसन्ती बाँस्तोला/स्याङ्जा(कान्तिपुर)-

नेपालबाट सुन्तला चीन निकासी प्रस्तावपछि त्यहाँको टोलीले गुणस्तर परीक्षण गर्न थालेको छ । चीनस्थित एनिमल एन्ड प्लान्ट क्वारेइन्टाइन डिभिजनका निर्देशक जेहन दुईसहितको टोलीले दुई बगैंचा निरीक्षण गर्‍यो । एक वर्षअघि उद्योग वाणिज्य महासंघले जिल्लाको सुन्तला निकासी गर्न प्रस्ताव गरेको थियो । सुन्तला स्वस्थ्य भए/ नभएको अनुसन्धानका लागि चिनियाँ टोलीले स्थलगत निरीक्षण गरेको वरिष्ठ जिल्ला कृषि विकास अधिकारी चेतनाथ अधिकारीले बताए । चारजनाको टोलीले राङखोलामा रहेको कृष्ण अर्यालको र शंखपुरको सुन्तला बगैंचा निरीक्षण गरेका थिए । 'सुन्तलाको स्वाद चाख्यौं, अब थप परीक्षणपछि लैजाने नलैजाने तय हुन्छ,' टोलीका चेन नाइजेड्हङगले भने, 'नेपाली कृषकमा रोग र कीराको विषयमा जानकार भएको पाइएन ।'
एक दिनभर सुन्तला बगैंचा डुलेर रोग र कीराको निरीक्षण गरेका प्लान्ट क्वारेइन्टाइन समूहले सुन्तला चाखेर स्वाद लिएका थिए । 'यहाँको सुन्तला राम्रो भए हामी लैजान सक्छौं,' बल्लबल्ल उकालो चढेका फङग चेङग लीले सुन्तला रोप्ने कृषकसँग कुरा गर्दै भने, 'सुन्तला चीन आयात गर्न थालेपछि खेतीमा पनि सहयोग गर्न सक्नेछौं ।'

यस जिल्लाको प्रमुख खेती सुन्तला हो । यहाँका कृषकले कोदो र मकै नरोपी सुन्तला खेती गर्ने गरेका छन् । यस क्षेत्रका एक कृषकले बर्सेनि ३५ हजारदेखि १० लाख रुपैयाँसम्मको सुन्तला बेच्ने गरेको सुन्तला व्यवसायी संघका अध्यक्ष फणिनारायण अर्यालले बताए । 'हाम्रो प्रमुख आम्दानी सुन्तला हो,' उनले भने । गत वर्ष यहाँको सुन्तला बंगालादेश निर्यात भएको थियो । चिसो र पारिलो ठाउँमा उत्पादन भएकाले यहाँ फल्ने सुन्तलाको बोक्रा पातलो र रसिलो छ । यहाँबाट वाषिर्क २० करोडभन्दा बढीको सुन्तला निर्यात हुन्छ ।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by