ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Tuesday, November 24, 2009

चाउचाउसहित ३८ उद्योगलाई कारबाही

विराटनगर, २०६६ मंसिर ९ - अखाद्य वस्तु मिसावट गरी मापदण्डअनुसार गुणस्तरीय सामग्री उत्पादन नगर्ने चाउचाउ कम्पनी सहित ३८ वटा उद्योगमाथि कारबाही प्रक्रिया अगाडि बढाइएको छ ।

बजार अनुगमन तथा व्यक्ति विशेषबाट उजुरी परेपछि ती कम्पनीको उत्पादित सामग्रीको नमुना परीक्षण गर्दा गुणस्तरमा कमी आएकाले कारबाही प्रक्रिया अगाडि बढाएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, विराटनगरले जनाएको छ ।

कार्यालय प्रमुख उपेन्द्र रायका अनुसार विभिन्न ६९० वस्तुको नमुना सङ्कलन गरिएको छ । जसमध्ये २८ वटा कम्पनीद्वारा उत्पादित सामग्रीमा व्यापक कमीकमजोरी एवम् त्रुटि देखिएकाले सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा मुद्दा दायर गरिएको छ ।

त्यस्तै १० वटा उद्योगको उत्पादित सामाग्रीको नमुनामा प्रतिकूल परिणाम आएको बताएकाले मुद्दा दायर गर्ने प्रक्रिया अगाडि बढाइएको कार्यालयले जनाएको छ ।

कार्यालयको तथ्याङ्कअनुसार सात बिस्कुट, एक पिठो, तीन वनस्पति घ्यू, दुई शुद्ध घ्यू, पााच तोरीको तेल, तीन मसला, दुई सूर्यमुखी तेल, एक चियापत्ती र तीन चाउचाउ तथा भुजिया उद्योगमाथि मुद्दा दायर गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय, मोरङमा १२, सुनसरीमा चार, झापामा चार, सप्तरीमा चार र सिरहामा चार उद्योगमाथि मुद्दा दायर गरिएको छ । 

विगत केही समयदेखि पूर्वीक्षेत्रमा अनुगमन प्रभावकारी हुन नसक्दा अखाद्य वस्तु मिसावट गरी खाद्य वस्तुहरू बिक्री वितरण भइरहेको छ ।

आवश्यक जनशक्तिको अभाव तथा राजनीतिक अस्थिरताका कारण सम्बन्धित जिल्लामा पुगी अनुगमन गर्न नसक्दा त्यसको फाइदा व्यवसायीले उठाइरहेको कार्यालयका कर्मचारीहरूले बताएका छन् ।

कार्यालयबाट झापाको कााकडाभिट्टा, चन्द्रगढी, विर्तामोड र दमक तथा मोरङको विराटनगर, उर्लाबारी, बेलबारी, सुनसरी धरान, इटहरी, इनरुवा, सिरहाको लहान र मिर्चैया र सप्तरीको राजविराजमा खाद्य निरीक्षकको टोली खटाइएको बताइएको छ । 

खाद्य सम्प्रभूता कायम गर्न खाद्य नीति र ऐन समयानुकूल प्रभावकारी नभएसम्म स्वास्थ्यमा प्रतिकूल असर गर्ने उद्योगमाथि कारबाही गर्न समस्या नै रहेको प्रमुख रायको विचार छ ।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by