ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Sunday, November 22, 2009

काठमाडौँमा २३ तल्ले भवन बन्ने

अर्जुन सुवेदी/काठमाडौं(नागरिक)- 


नौ तले धरहरा काठमाडौँको सबैभन्दा अग्लो संरचना भनिने दिन गए, अब काठमाडौँमा २३ तल्लाको भवन बन्ने भएको छ। नेपालमा अहिलेसम्म निर्माणको क्रममा रहेका र निर्माण भइसकेका भवन १० तलासम्मका छन् तर अहिले १६ तल्लादेखि २३ तल्लासम्मको भवन निर्माणका लागि प्रस्ताव आएको छ।  काठमाडौं उपत्यका नगर विकास समितिका अनुसार तीनवटा ठूला भवन निर्माणका लागि प्रस्ताव आएका छन्। प्रस्तावित भवनमध्ये सबैभन्दा अग्लो भवन कलंकीमा बन्ने छ। हाउजिङ कोलोनीका रूपमा बन्ने उक्त भवन २३ तल्ले हुनेछ। प्लाटिनियम डेभ्लप्स प्रालिले निर्माण गर्न लागेको सो भवनले १८ रोपनी क्षेत्रफल ओगट्ने छ। त्यसैगरी अन्य ठूला सुविधासम्पन्न भवनमा सनसिटी हाउजिङ गोठाटार र क्लिन डेभ्लप्स प्रालि विशालनगर छन्। यी भवन १६ तल्लाका हुनेछन्। 'प्रस्तावित यी भवन अहिलेसम्मकै ठूला हुन,' नगरविकास समितिका इन्जिनियर रामप्रसाद श्रेष्ठले भने, ' हाउजिङ कोलोनीका रूपमा प्रस्ताव गरिएका यी भवनमा सहरका सबै सुविधा उपलब्ध हुनेछन्।' यी भवनमा अहिलेसम्म हाउजिङ कोलोनीमा नभएका स्विमिङ पुल, क्लिनिक, पार्टी हल , इन्टरनेटसहित पुस्तकालय, पुनर्स्थापना गृह, डिपार्टमेन्ट स्टोरलगायत सुविधा प्रदान गरिने कम्पनीको प्रस्तावमा उल्लेख छ। कलंकीमा बन्ने २३ तल्ले हाउजिङ कोलोनीमा १ सय ६१ फ्ल्याट हुनेछन्।

नेपालमा अहिलेसम्म निर्माणको क्रममा रहेका र निर्माण भइसकेका भवन १० तलासम्मका छन्। सुरक्षागार्ड, पार्किङ ,फार्मेसी, जीम हललगायत व्यवस्था ती भवनमा छन्।

पछिल्लो समयमा बढ्दो असुरक्षाले हाउजिङ कोलोनी छनोट गर्नेको संख्या बढेको पाइन्छ। कोलोनीमा बस्नेको सुविधा बढनुमा त्यहाँका सुविधा कारक रहेको इन्जिनियर श्रेष्ठको भनाइ छ। श्रेष्ठ भन्छन् , 'प्रतिस्पर्धात्मक बजारअनुसार कालोनीले सुविधा थप्दै आएका छन्। हाउजिङप्रतिको आर्कषणले कम्पनीबीच व्यापक प्रतिस्पर्धा चलेको छ।'

ग्राहकलाई आकर्षित गर्न नयाँ बन्ने अग्ला कोलोनीमा विभिन्न खाले सुविधा थप्न कम्पनी लागिपरेका छन् । हाउजिङ कम्पनीको प्रतिस्पर्धाले नयाँ डिजाइनमा कोलोनी बन्दै गएको उनले जानकारी दिए। अहिलेसम्म उपत्यकामा हाउजिङ कोलोनी सय हाराहारीमा छन्। २०६६ सालमा मात्र ४० कोलोनीले निर्माणको लागि नगर विकास समितिमा आवेदन परेको थियो।

काठमाडौं महानगरपालिकाका इन्जिनियर राम थापा हाउजिङ कोलोनीको एकीकृत सुविधाले घर निर्माणभन्दा हाउजिङ कोलोनीतर्फ मानिस आकर्षित भएको बताउँछन्। 'आजभोलि घरको नक्सा पास गर्न आउनेले पनि हाउजिङ कोलोनीबारे चासो राख्ने गर्छन्।' कम्पनीबीच प्रतिस्पर्धा भए पनि सुविधा बढेपछि स्वतः मूल्य बढ्नाले हाउजिङ कोलोनीमा सर्वसाधारणको पहुँच पुग्ने अवस्था छैन। कम्पनीले काम थालेको पाँच वर्षभित्र निर्माण पूरा गसिक्नुपर्ने प्रावधान छ। आवेदन दिएको दुई वर्षसम्म काम सुरु नभए अनुमति रद्द हुने महानगरपालिकाले जनाएको छ। 


1 comment:

  1. Kathmanduma matra kina? Nepal ma aru Thau kina dekhdainan yiniharu ?

    ReplyDelete

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by