ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Monday, November 23, 2009

बन सचिवद्धारा परियोजना प्रमुखको गाडी खोसेर श्रीमतीलाई

अब्दुल्लाह मियाँ/काठमाडौ(कान्तिपुर)- 

वन तथा भूसंरक्षण मन्त्रालयका सचिव युवराज भुसालले मन्त्रालयअन्तर्गतको एक परियोजना प्रमुख चढ्ने सेतो प्लेटको बा १ झ ६७३१ नम्बरको गाडी खोसेर व्यक्तिगत प्रयोगमा ल्याएका छन् । वन मन्त्रालय स्रोतका अनुसार, परियोजनाको उक्त कार सचिव भुसालले रातो प्लेट बनाएर श्रीमती उर्मिला भुसाललाई प्रयोग गर्न दिएका छन् ।  भूमिसुधार मन्त्रालयमा सचिव हँुदा पनि भुसालले मन्त्रालयमातहतको एक विभागका महानिर्देशकको गाडी खोसेर सम्धी तथा कांग्रेस नेता रामचन्द्र पौडेललाई उपलव्ध गराएका थिए । अहिले उक्त गाडी फिर्ता भइसकेको छ । मन्त्रालय अन्तर्गत नेदरल्याण्डस् सरकारको सहयोगमा तराईका ८ जिल्लामा संचालित 'तराई तथा सिवालिकका लागि जैविक विविधता कार्यक्रम' -बाईसेप एसटी) प्रमुख अम्बिका रेग्मीले प्रयोग गदै आएको बा १ झ ६७३१ नम्बरको सेतो प्लेटको कारलाई भुसालले रातो प्लेट बनाएर व्यक्तिगत प्रयोगमा ल्याएका हुन् । ड्राइभर भने दुई गाडिका एक जना मात्र छन् । भुसालले कहिले काहीं उक्त कार मन्त्रालयमा पनि ल्याउने गरेको वन मन्त्रालयका एक अधिकारीले जानकारी दिए । सचिव भुसालले बेला बेलामा हुने बन्द र विरोध कार्यक्रममा पनि मन्त्रालय र सरकारी काममा जान सजिलो होस् भनेर सेतो प्लेटलाई रातो प्लेट बनाएर प्रयोग गरेको प्रतिक्रिया दिए । 'काम गर्दा जति वटा गाडी पनि प्रयोग गर्न सकिन्छ' उनले कान्तिपुरसित भने । उनले आफ्नो श्रीमती र परिवार मुलुक बाहिर भएको र अर्को ड्राइभर पनि नभएको दाबी गरे । 

मन्त्रालयले आइतबार जारी गरेको विज्ञप्तिमा सचिव भुसालले दुई वटा गाडी प्रयोग नगरेको उल्लेख छैन । विज्ञप्तिमा एमाले महासचिव इश्वर पोखरेल र अरु कसैलाई पनि आफू सरुवा भएपछि गाडी नदिएको मात्र उल्लेख छ । सचिव शर्माले आइतबार नै अन्नपूणर्ानन्द दासलाई मन्त्रालयको प्रवक्ताबाट हटाएर सहसचिव रामप्रसाद लम्साललाई प्रवक्ता तोकेका थिए । 

प्रमुख रेग्मीको गाडी खोसेपछि उनलाई भने मन्त्रालयमातहतकै वनस्पति विभागबाट सानो कारको व्यवस्था गरिएको छ । वनस्पति विभागकै सह सचिवहरुलाई गाडीको असुविधा भईरहेको बेला सचिवको दबाबमा रेग्मीलाई गाडीको व्यवस्था गरिएको वनस्पति विभाग स्रोतले बतायो । 

वनस्पति विभागको उप महानिर्देशकमा एक महिना अघि बढुवा भएका वटुकृष्ण उप्रेतीलाई दिइएको गाडी पुरानो र थोत्रो भएकाले बेला बेलामा बाटोमै विगि्रने गरेपछि उप्रेतीले गाडी प्रयोग गर्नै छाडेका छन् । 'त्यस्तो थोत्रो गाडी प्रयोग गर्नु भन्दा म त मोटरसाईकल प्रयोग गछु' उप्रेतीले भने । 

यस अघि सचिव भुसालले साउन २६ मा मन्त्रालय सरुवा भएलगत्तैदेखि नार्मसाप परियोजनाको बा १ झ ७६८६ नम्बरको सेतो गाडी प्रयोग गर्दै आएका थिए । त्यसको केही दिनपछि भुसालले बाईसेप एसटीको गाडी खोसेका थिए । 

चितवन राष्ट्रिय निकुञ्ज भित्रका होटलको म्याद थप गर्ने/नगर्ने विषयमा वनमन्त्री दीपक बोहरा र तत्कालिन सचिव उदयराज शर्मावीच विवाद भएपछि भुसाललाई वन मन्त्रालय ल्याइएको थियो । प्रधानमन्त्रीलाई दबाब दिएर मन्त्री बोहराले भुसाललाई वनमा तानेका थिए । 

तत्कालिन वन सचिव उदयराज शर्माले वन विभागको गाडी फिर्ता नगरेको भन्दै भुसालले पनि बाइसेप एसटीको गाडी मगाएको बताउने गरेको मन्त्रालयका एक अधिकारीले बताए । 

शर्माले वन विभागको महानिर्देशक छँदादेखि नै प्रयोग गर्न थालेको बा १ झ ६७३० नम्बरको सेतो प्लेटको गाडी वातावरणमा संगै लगेका थिए । वन मन्त्रालयबाट सरुवा हुने कर्मचारीले गाडीपनि संगै लग्नेक्रम बढेको स्रोतले कान्तिपुरलाई बतायो । 

यस्तै अहिले एमाले महासचिव इश्वर पोखरेलले प्रयोग गर्ने गरेको बा १ झ २०० नम्बरको वनको गाडी करिब ५ वर्ष अघि शेरबहादुर देउवा प्रधानमन्त्री र वनमन्त्री हुँदा प्रयोग गरेपछि गृह मन्त्रालय पुगेको र एमालेले गृहमन्त्रालय सम्हालेको बेला एमाले मन्त्रीमार्फत् पोखरेलकोमा पुगेको थाहा पुष्टि भएको छ । 

'देउवाको कार्यकालपछि गृहमा पुगेको हाम्रो गाडी एमाले मन्त्रीले पोखरेललाई दिएका हुन्' स्रोतले भन्यो । उक्त गाडी फिर्ता गर्न पटक पटक ताकेता गरिएपनि सुनुवाइ नभएको वन मन्त्रालयले जनाएको छ । 

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by