ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Monday, November 23, 2009

सशस्त्र समुहहरुलाई हतियार आपुर्ती गर्ने पक्राउमा


नेपालमा सशस्त्र समुहहरुका साथै विभिन्न अपराधिहरुलाई हातहतियार आपुर्ती गर्ने एक जना भारतीय व्यक्तिलाई प्रहरीले आशंकाका आधारमा सोमवार जनकपुरमा पक्राउ गरेको छ।
नन्दन भन्ने व्यक्ति हतियार आपूर्तीकर्ता रहेको र तिनलाई पक्राउ गरी हाल बयान लिने कार्य बाँकी नै रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक उमाप्रसाद चतुर्वेदीले दैनिकी लाई जानकारी दिनु भएको छ। गत आइतवार मात्र मोर्चाका राजन मुक्ति समुह र ज्वाला समुहका एक/एक जना कार्यकर्तालाई हतियार तथा चन्दा माँग गरेको लेटर प्याड सहित पक्राउ गरी लिइएको बयानका आधारमा नन्दनलाई पनि पक्राउ गरिएको हो।
जनपा–२ बाट आइतवार जनपा १० बस्ने मनोज कुमार साह र जनपा–३ बस्ने विशाल कुमार भगत लाई १थान कटुवा पेस्तोल,४ राउण्ड गोली र २ ओटा लेटरप्याडमा चन्दा माँग गरिएको ब्योहोरा सहितको पत्र साथ प्रहरीले पक्राउ गरेको थियो।

पक्राउ परेका तिनै जनालाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय धनुषामा ल्याई बयान लिने कार्य भइरहेको प्रहरी निरीक्षक भुवनेश्वर तिवारीले बताउनु भयो।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by