ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Monday, November 23, 2009

बजेट पारित गर्न २२ दल सहमत, संसद बैठक जारी

काठमाडौ(कान्तिपुर)- 

गठबन्धनका २२ दलले मंगलबार सदनबाट बजेट पारित गराउन आफ्ना सभासदहरुलाई अनिवार्य उपस्थिति गराउने निर्णय गरेका छन् । सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनका २२ दलको बैठकले बजेट पारित गराउन आफ्ना दलका सभासदहरुलाई उपस्थित गराउने सहमति गरेका हुन् । ती दलहरुले आफ्ना सभासदहरुलाई मंगलबार हुने मतदानमा अनिवार्य उपस्थित हुन निर्देशन दिने गर्ने निर्णय गरेको एमाले प्रमुख सचेतक भीमप्रसाद आचार्यले बताए । माओवादीले बजेट पारित गर्न तीन दिनका लागि सदन अवरोध हटाउने निर्णय गरेपछि लामो समयदेखि अवरुद्ध व्यवस्थापिका संसदको बैठक सोमबारदेखि सुरु भएको छ ।जारी बैठकमा विनियोजित विद्येयक मध्ये छलफल हुन बाँकी १६ वटा मन्त्रालयका लागि विनियोजित खर्चबारे सोमबार छलफल हुने कार्यक्रम छ । यसअघि साउन २३ देखि संसद अवरोध भएपछि ती मन्त्रालयमा छुट्याइएको खर्चबारे छलफल हुन बाँकी थियो । बाँकी मन्त्रालयका लागि विनियोजित रकमबारे छलफल सकिएपछि सभासदहरुले उठाएका प्रश्नको सम्बन्धित मन्त्रीहरुले मंगलबार जवाफ दिने कार्यक्रम छ ।

मन्त्रीहरुले जवाफ दिएपछि मंगलबार नै विनियोजित विधेयक पारित हुने एमाले सचेतक आचार्यले जनाए । मंगलबार नै आर्थिक बिधेयक, ऋण तथा जमानत विधेयक र राष्ट्रिय ऋण उठाउने विधेयक पारित गर्न प्रकृया थालिने छ । बुधबार बस्ने बैठकले तीन वटै विधेयक पारित भएपछि चालू आर्थिक बर्षको बजेट औपचारिक रुपमा पारित भएको मानिने छ ।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by