ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Sunday, November 22, 2009

प्रधानमन्त्रीले सेनाको हवाइ क्षमता निरीक्षण गरे

काठमाडौ(कान्तिपुर)- 

प्रधानमन्त्री माधवकुमार नेपालले सेनाको हवाइ क्षमताको निरीक्षण गरेका छन् । प्रधानमन्त्रीसंगै रक्षामन्त्री विद्या भण्डारी, अर्थमन्त्री सुरेन्द्र पाण्डेलगायत सेनाको हवाइ क्षमता निरीक्षणका लागि आइतबार बिहान साढे ९ बजे अन्तर्राष्ट्रिय विमानस्थलस्थित ११ नम्बर बाहिनीम पुगेका थिए । निरीक्षण टोलीमा प्रधानसेनापति छत्रमानसिंह गुरुङ, रक्षा र अर्थ सचिव तथा सेनाका उच्च अधिकारीहरुसमेत सहभागी थिए । प्रधानमन्त्रीले अभिरुची पूर्वक सेनाको ब्रिफिङ सुनेका थिए । सेनापति गुरुङले सेनाको हवाइ क्षमताबारे ब्रिफ गरेका थिए । 

सेनाले आफ्ना करिव एक दर्जन हेलिकोप्टर मर्मतको अभावमा उड्न नसक्ने जनाउदै आएको सन्दर्भमा प्रधानमन्त्रीलगायत सरोकारवाला मन्त्रीहरु निरीक्षणमा गएका हुन् । सेनाले ती हेलिकोप्टर मर्मतका लागि सरकारसंग ८५ करोड रुपैयाँ माग गरेको छ । 

सैनिक स्रोतका अनुसार सेनाका तीन एलुवेट, दुई-दुई एमआइ-१७ र एएलएच, एक-एक, पुमा, चिता, आइल्यान्डर, इक्विरल हेलिकोप्टर र एक स्काइ ट्रक मर्मत अभावमा त्यत्तिकै थन्किएका छन् । यीमध्ये दुई-दुई एलुवेट, एएलएच र एमआइ-१७ र एक इक्विरल हेलिकोप्टरको 'मेजर मेन्टिनेन्स' आवश्यक छ । 

'यी सबै हेलिकोप्टरको ओभरअल मर्मत गर्नुपर्छ,' एक सैनिक अधिकृतले भने, 'एउटै हेलिकोप्टर मर्मतका लागि पाँचदेखि १० करोड रुपैयासम्म लाग्नसक्छ ।' सेनाको चालु अवस्थामा रहेका दुई एमआइ-१७ मध्ये एकको २५ घण्टा र अर्कोको करिव दुई सय घण्टा उडान क्षमतामात्र बाँकी छ ।

'त्यसैले अहिले अत्यावश्यकबाहेकका उडान बन्द गरेका छौ,' एक उपरथीले कान्तिपुरसित भने । सेनामा हाल दुई लान्सर र एक-एक एभ्रो, आइल्यान्डर, पुमा, एलुवेट, इक्विरल हेलिकोप्टर र एक स्काइ ट्रकमात्र ठीक अवस्थामा छन् ।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by