ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Wednesday, October 14, 2009

सुन मूल्यमा नयाँ रेकर्ड

काठमाडौ, २०६६ आश्विन २८ - सुनको मूल्यमा भएको भारी वृद्धिले नयाँ रेकर्ड कायम गरेको छ । मंगलबार सुनको मूल्य प्रति १० ग्राम २५ हजार ६ सय ३५ रुपैयाँ कायम रह्यो । एक तोला सुन किन्न नेपाली बजारमा २९ हजार ९ सय रुपैयाँ खर्चिनुपर्ने भएको छ । यसअघि २०६५ फागुन ११ गते सुनको मूल्य २५ हजार ५ सय ५० रुपैयाँ पुगेको थियो । 'दसंैअगाडि असोज १ गते सुनको मूल्य प्रतितोला २९ हजार ८ सय ६० -प्रति १० ग्रामको २५ हजार ६ सय) रुपैयाँ थियो,' सुनचाँदी व्यवसायी संघका अध्यक्ष तेजरत्न शाक्यले भने, 'अमेरिकी डलर कमजोर भएकाले सुन महँगो भएको हो ।' 

यसका साथै मुद्रास्फीतिका कारण सुन किन्ने प्रवृत्ति बढेकाले पनि सुनको मूल्य उच्च हुँदै गएको व्यवसायीको भनाइ छ । 'तेलको भाउले पनि सुनको मूल्य बढाउन अप्रत्यक्ष रूपमा भूमिका खेलेको छ,' शाक्यले भने, 'अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १ हजार ५६ डलर पुगेको छ । हामीले १ हजार ४० सम्म पुग्छ भन्ने सोचेका थियौं ।' 

अन्तर्राष्ट्रिय बजारमा भएको उतारचढावका क्रममा मंगलबार सुनको मूल्य प्रतिऔंस १ हजार ६० सम्म पुगेको थियो । मध्याह्नतिर यो १ हजार ५६ मा अडिएको जानकारहरू बताउँछन् । अहिलेसम्मकै उच्च मूल्य भए पनि जति बढ्नुपथ्र्यो त्यति मूल्य वृद्धि भने नभएको शाक्यको भनाइ छ । 

'अन्तर्राष्ट्रिय बजारमा १ हजार ५० पुगेपछि नेपालमा प्रतितोला ३० हजार पुग्नुपर्ने हो,' उनले भने, 'तर डलर कमजोर हुँदा हाम्रो लागत कम भएकाले मूल्य त्यहाँसम्म पुगेन ।' 

गत वर्ष यसै समयमा सुनको मूल्य २२/२३ हजार रहेको शाक्यले बताए । 'डलर बलियो भयो भने मूल्य घट्न सक्छ,' उनले भने, 'तर उतारचढाव निकै भएकाले केही भन्न सकिँदैन ।' सुनको मूल्य बढी भएकाले माग निकै घटेको उनले बताए । 'तिहारमा पनि व्यवसाय खासै चल्लाजस्तो छैन,' उनले भने ।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by