ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Sunday, October 11, 2009

प्रधानमन्त्री-कोइराला भेट/माओवादीको संशोधन हेरेर अघि बढ्ने

काठमाडौ, २०६६ आश्विन २४ - प्रधानमन्त्री माधवकुमार नेपाल र काँग्रेस सभापति गिरिजाप्रसाद कोइरालाबीच दुई दलले तयार पारेको साझा संकल्प प्रस्तावमा माओवादीको संशोधन हेरेर थप अघि बढ्ने सहमती भएको छ । कोइराला निवास महाराजगञ्जमा भएको छलफलका क्रममा दुई नेताबीच माओवादीको संशोधन प्रस्ताव हेरेपछि थप छलफल गर्ने तय भएको एमाले महासचिव इश्वर पोख्रेलले सवाददाताहरुलाई बताए । पोख्रेलले यसअघि कोइराला र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच भएको कुराकानी सम्बन्धमा नेपालसंग छलफल भएको बताए । कोइराला र दाहालबीचको छलफलमा काँग्रेस-एमालेले तयार पारेको साझा संकल्पमा माओवादीले संशोधन हाल्ने, चीनबाट फर्केपछि उच्चस्तरिय साझा राजनीतिक संयन्त्र बनाउनेलगायतका विषयमा कुराकानी भएको काँग्रेस नेता कृष्ण सिटौलाले बताए । 

दाहालले भेटेर फर्केलगतै प्रधानमन्त्री नेपाल कोइलालाई भेट्न कोइराला निवास पुगेका थिए । बजेट अधिबेशन सकिन लाग्दा पनि संसद सुचारु हुन नसकेपछि राजनीतक गतिरोध अन्त्यका लागि नेताहरु लागि परेका छन् । माओवादी अध्यक्ष दाहाल आइतवार चीन जाने भएकाले पनि शनिबार बेलुका बैठकहरु भएको हो । यसअघि माओवादी, काँग्रेस र एमालेका शीर्ष नेताहरुको बैठक आयोजना गरिएको भएपनि एमाले अध्यक्ष झलनाथ खनाल उपत्याका बाहिरबाट नआइपुगेपछि हुनसकेन ।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by