ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Wednesday, October 14, 2009

दक्षिण एसियाली कराँते प्रतियोगिता धनगढीमा हुने

कैलाली,२८ असोज (दैनिकी)
प्रथम आमन्त्रीत दक्षिण एसियाली कराँते प्रतियोगिता २०६६ कैलालीको धनगढीमा हुने भएको छ। नेपाल गोजुरीयो कराँते दो संघ कैलालीको आयोजनामा आँउदो कार्तिक आठ र नौ गते प्रतियोगितामा धनगढीमा हुन लागेको हो। कार्यक्रमबारे जानकारी दिँदै गोजुरियो कराँते दो संघका महासचिव प्रकाशकुमार चन्दले प्रतियोगिताका नेपाल सहित ६ देशको सहभागिता रहने बताए । उनले खेल नक आउट सिष्टममा हुने र ३० स्वर्ण, ३० रजत तथा ७० कास्य पदककालागि प्रतिष्पर्धा हुने बताए। प्रतियोगितामा श्रीलङ्काबाट १३ जना, बङ्गलादेशबाट १०, भारतबाट एक सय ७०, पाकिस्तानबाट १२ र नेपालका एक सय ५० जनाको सहभागिता रहने र प्रतियोगिता सम्पन्न गर्न सात लाख ८३ हजार खर्च लाग्ने अनुमान गरिएको छ। कार्यक्रमकालागि स्थानिय स्तर जिल्ला विकास समिति, नगरपालिका र औद्योगिक व्यापारीहरुबाट रकम संकलन गरिरहेको उनले बताए। कार्यक्रमबारे जानकारी दिँदै मुल आयोजक समितिका संयोजक लोकबहादुर खत्रीले शान्ति, सद्भाव र एकता प्रथम आमन्त्रीत कराँते प्रतियोगिता भन्ने नाराकासाथ प्रतियोगिता आयोजना हुनेछ।

संयोजक खत्रीले क्षेत्रीय खेलकुद विकास समितिले सहयोग नगरेको गुनासो गरे। उनले क्षेत्रीय खेलकुद विकास समितिले खेलाडीको डे्रस चेन्ज गर्ने कोठा समेत नदिएको बताए। सुदूरपश्चिममा कराँते खेलको विकास भएको झण्डै २६ बर्ष भएको छ। त्यस अवधिमा संघले एक जना अन्तराष्ट्रिय खेलाडी, ४० जना राष्ट्रिय खेलाडी उत्पादन गरेको छ। हाल सुदूरपश्चिममा दुई हजार गोजुरियो कराँतेका खेलाडिहरु रहेका छन। त्यसमापनि कैलालीमा मात्र ५० जना महिला खेलाडी रहेका छन। बझाङ, डोटी, डडेल्धुरा, कैलाली र कञ्चनपुरमा संघको शाखा रहेको र बैतडीमा उपशाखा रहेको चन्दले बताए।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by