ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Monday, October 12, 2009

माओवादीको अतिवाद र अराजकताविरुद्ध प्रतिकारमा उत्रन आग्रह

बनेपा, असोज २६ (नागरिक)- 
नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले माओवादीलाई वर्तमान राजनीतिक गतिरोधको कारक भएको आरोप लगाएका छन्। 'माओवादीको अतिवाद र अराजकताकै कारण देशमा राजनीतिक गतिरोध देखापरेको हो'- नेता पोखरेलले भने। सहमतिको राजनीतिको प्रमुख वाधक माओवादी भएको बताउँदै उनले दलहरुसँग बन्द कोठामा माओवादीले सहमतिका कुरा गर्ने तर सार्वजनिकरुपमा त्यसविपरित बोल्ने गर्नाले गतिरोध अन्त्य हुन नसकेको दाबी गरे। 'हामीबीच प्रशस्तै कुरा भए तर माओवादी दुईखाले कुरा गर्छन्। उनीहरुको व्यवहार नसच्चिएसम्म सहमति हुन गाह्रो छ।' 

माओवादीको अराजक गतिविधि र अतिवाद अन्त्य नभएसम्म सहमतिको राजनीति संकटमा पर्ने बताउँदै एमाले महासचिव पोखरेलले प्रजातान्त्रिक मोर्चाको नाममा राजनीतिक ध्रुवीकरण भए मुलुक संकटमा पर्ने चेतावनी दिए। 'कथित प्रजातान्त्रिक मोर्चाले राजनीतिक ध्रुवीकरण भयो भने मुलुक गृहयुद्धमा जान्छ' भन्दै उनले कुनै पनि नाममा हुने राजनीतिक ध्रुवीकरणको पक्षमा एमाले नरहेको प्रष्ट पारे। 

सहमतिको राजनीति अहिले बीचमै अल्झिकएको बताउँदै तत्काल राजनीतिक सहमति हुन नसके समयमै संविधान बन्न नसक्ने नेता पोख्रेलको भनाई छ। समयमै संविधान निर्माणका लागि माओवादी अतिवाद र अराजकताको प्रतिकार गर्न उनले कार्यकर्तालाई आग्रह गरे। 'हामी प्रतिकारमा उत्रेनौं भने समयमा संविधान बन्दैन'- उनको भनाई छ। 

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by