ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Monday, October 12, 2009

मातृकाका दुई कार्यकर्ता हतियारसहित पक्राउ

गिरिराज पंगेनी भैरहवा २६ असोज
एकीकृत नेकपा माओवादीबाट छुटि्एका मातृका यादव समूहका २ जना कार्यकर्तालाई हतियारसहित प्रहरीले सोमबार कपिलवस्तुमा पक्राउ गरेको छ। पक्राउ पर्नेमा जुम्ला गरजङकोट गाबिस २ घर भएका घुमि भन्ने भीमबहादुर परियार र आक्रोस भनिने गणेश भण्डारी रहेका छन्। प्रहरीले उनीहरको साथबाट एक थान कटुवा पेस्तोल, पेस्तोलमा लोड गरिएको तीन राउण्ड गोली र तीन थान खुकुरी बरामद गरेको छ। कपिलबस्तु बाडगंगा ६ राजपुरबाट पक्राउ परेका उनीहरुलाई हातहतियार तथा खरखजना ऐनअनुसार कार्रबाही अगाडी बढाउने तयारी भैरहेको प्रहरी उपरिक्षक बिक्रम सिहा थापाले जानकारी दिए

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by