ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Tuesday, October 13, 2009

प्रधानमन्त्रीको ´अफर´ आएको छः खनाल

विजय नेपाल पोखरा, २७ असोज
विद्यमान राजनीतिक गतिरोध अन्त्यका लागि एकीकृत नेकपा माओवादीले आफूलाई माधवकुमार नेपालको विकल्पमा प्रधानमन्त्रीको प्रस्ताव गरेको एमाले अध्यक्ष झलनाथ खनालले खुलासा गरेका छन्। उनले जिम्मेवारी आए सम्हाल्न पछि नहट्ने समेत बताए। एमाले म्याग्दीको सातौ जिल्ला अधिवेसनको उद्घाटन अघि मंगलबार बिहान बेनीमा आयोजित पत्रकार सम्मेलनमा उनल भने–“माओवादीबाट प्रधानमन्त्रीको प्रस्ताव धेरैपटक आएको छ, तर म पदको आकाँक्षी हैन। यदि परिस्थितिले जिम्मेवारी सुम्पे भाग्ने कुरा भएन।” उनले अहिलेको प्रमुख आवश्यता भनेको तीन ठूला दल एमाले, काँग्रेस र माओवादीबीच एकताको खाँचो रहेको औल्याए।
“जनताले अहिलेको सरकारलाई संविधान बनाउने प्रमुख जिम्मेवारी दिएका छन्” उनले भने–तीन मेजर पार्टीबीच एकता नभए समयमा संविधान बन्नेमा शंका छ।”
उनले २०६७ जेठ १४ गतेभित्र मुलुकमा नयाँ संविधान जारी नभए ठुलो दुर्घटना निम्तिने समेत चेतावनी दिए।
माओवादी अबरुद्ध संसद खुलाएर संसदबाट बजेट पास हुन नदिए कार्तीकको पहिलो सातादेखि नै देश चल्न नसक्ने बताउँदै बजेट पास नगर्नुको विकल्प नभएको उनको जोड थियो।

सोमबारमात्रै उपप्रधानमन्त्रीमा बढुवा हुनुभएकी परराष्ट्रमन्त्री सुजाता कोइारालालाई आफ्नो समर्थन भएको कुरा घुमाउँरोमा पारामा उनले भने, “बल्ल दोस्रो उपप्रधानमन्त्री आउनुभएको छ, सफल कार्यकालको शुभकामना।”

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by