ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Thursday, October 15, 2009

अस्ट्रेलियाका घलेले ५ अर्ब लगानी गर्ने


गोकर्ण अवस्थी-काठमाडौ, २०६६ आश्विन २९ - अस्ट्रेलियाका दुई सय धनीमध्येका एक नेपाली शेष घलेले नेपालमा ५ अर्ब रुपैयाँ बराबरको परियोजनामा लगानी गर्ने भएका छन् । उनले राजधानीको कान्तिपथमा पाँचतारे डिलक्स होटलसहितको मल्टिप्लेक्स निर्माण गर्ने बताए । 'जग्गा लिइसकेका छौं,' उनले भने, 'कानुनी प्रक्रिया पूरा भइसकेकाले छिट्टै काम सुरु हुन्छ ।'  उनी अस्ट्रेलियामा उच्च शिक्षा अध्ययन गर्ने इन्स्िटच्युट र कमर्सियल प्रोपर्टीको व्यवसाय गरिरहेका छन् । स्नातकोत्तरसम्म पढाइ हुने उनका सिडनी र मेलबर्नमा इन्स्िटच्युट छन् । '२०२० सम्म विश्वविद्यालय बनाउने तयारीसाथ अगाडि बढिरहेका छौं,' उनले भने । उनको अर्को व्यवसाय भने एमआईटी होल्डिङ अस्ट्रेलियाको नामबाट सञ्चालित छ । 'नेपालमा पनि त्यसैको होल्डिङ -शाखा) कम्पनी स्थापना गरी व्यवसाय गर्दैछौं,' उनले भने । चार वर्षमा परियोजना निर्माण भइसक्ने उनको अनुमान छ ।

उच्च शिक्षा अध्ययन गरी अस्ट्रेलिया पुगेर व्यापार विस्तार गरिरहेका घलेको नेपालमा यो पहिलो परियोजना हो । 'हामीले १८ महिनाअघिदेखि गरेको अध्ययनले मल्टिप्लेक्स र होटलमा सम्भावना देखायो,' उनले भने, 'हाम्रो अनुभव पनि यसैमा भएकाले सुरु गरेका हौं ।'

अस्ट्रेलियाको उनको व्यवसायमा केही नेपालीसहित करिब पाँच सय जनाले काम गर्छन् । करिब तीन महिनाअघि त्यहाँको 'बिजनेस रिभ्यु विक्ली' नामक साप्ताहिक पत्रिकाले गरेको सर्वेक्षणले त्यहाँका धनीको सूचीमा उनलाई १ सय ६४ औं स्थानमा देखाएको थियो । उनको सम्पत्ति २० करोड ८ लाख अस्ट्रेलियन डलर -करिब १३ अर्ब रुपैयाँ) रहेको उनले बताए । 'व्यापार विस्तार गर्ने क्रममा नेपालमा पनि लगानी सुरु गरेको हुँ,' अस्ट्रेलियाको नागरिकता लिइसकेका उनले भने, 'म लगानीबाट कमाएको रकम फिर्ता लैजान्न, सबै यही पुनः लगानी गर्छु ।' अस्ट्रेलियामा उनको कम्पनीले मुख्य क्षेत्रमा कम्प्लेक्स किनेर भाडामा दिने गरेको उनले बताए । 

करिब १९ वर्षअघि अस्ट्रेलिया पुगेका उनले सापटी लिएको ३० हजार अस्ट्रेलियन डलरबाट व्यवसाय सुरु गरेको बताए । 'आफूसँग त कहाँ पैसा हुनु,' लमजुङमा जन्मेका उनले विगत सम्भिmए, 'एक जना सहृदयी व्यक्तिले सहयोग गरेको ३० हजार डलरबाट व्यवसाय सुरु गरेको हुँ ।'

चौथो गैरआवासीय नेपाली सम्मेलनका क्रममा नेपाल आएका घलेले संघको नेतृत्वमा भने नजाने बताए । 'तर यो अभियानले सबै नेपालीलाई नेपालसँग परिचय गराएको छ,' उनले भने, 'हेर्दै जानुहोला, केही वर्षभित्र नेपालमा लगानी गर्नेको संख्या निक्कै बढ्ने छ ।' सम्मेलनका क्रममा नेपालमा यति ठूलो लगानी गर्ने सार्वजनिक घोषणा गरेका सम्भवतः उनी पहिलो सहभागी हुन् । गैरआवासीय नेपालीका तर्फबाट हालसम्म कुल ३ सय मिलियन अमेरिकी डलर -करिब २२ अर्ब रुपैयाँ) लगानी भएको उनीहरू नै बताउँछन् ।

सन् २००३ देखि हरेक दुई वर्षमा आयोजना हुने विश्व सम्मेलनमा झैं यसपटक पनि लगानी, आर्थिक कूटनीति, वैदेशिक रोजगारी, विश्वव्यापी आर्थिक मन्दी लगायतका क्षेत्रमा छलफल भइरहेको छ

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by