ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Saturday, October 17, 2009

प्रधानमन्त्रीलाई मुस्ताङबासीका पाँच माग



प्रधानमन्त्रीले सबै माग पत्रहरु हेरिसकेपछि जायज मागहरु सम्बोधन गर्नका लागि सरकारले ध्यान केन्दि्रत गर्ने 
काठमाडौ, २०६६ आश्विन ३१ - हिमाल पारीको जिल्ला मुस्ताङका जनताले प्रधानमन्त्रीसंग कोर्ला नाका खुलाउन, वाटो निर्माण गर्न, बृक्षारोपण, धमी खोलामा जलविद्युत, नरसिं गुम्वाको मर्मतसंहारलगायतका परियोजना माग गरेका छन् । त्यसका अलवा प्रजातन्त्र पुनस्थापना पछि पहिलो पटक पुगेका कार्यकारी प्रमुखलाई कम्तीमा ३० वटा ज्ञापन तथा माग पत्र लिखित रुपमा उनीहरुले थमाए । 'त्यहाँका जनताले अरु के के कुराको माग गरेका छन्, हामीले ज्ञापन र मागपत्र पढ्न पाएका छैनौं' प्रधानमन्त्रीसंगै रहेका राजनीतिक सल्लाहकार रघुजी पन्तले टेलीफोनमा ईकान्तिपुरसंग भने । 



पन्तका अनुसार प्रधानमन्त्रीले भ्रमणका क्रममा चीनको तिब्बतसंग जोडिएको नाकाहरुको भ्रमण भने गरेनन् । 'खास गरेर जनतासंग अन्तरक्रिया गर्यौं' उनले भने, 'त्यहाँको जनता र प्रतिनिधिहरुको आग्रह अनुसार नै प्रधानमन्त्रीको भ्रमण भएको हो ।'


निबार बिहान काठमाडौंबाट वनमन्त्री दीपक बोहोरालगायतको टोली लिएर सेनाको हेलिकप्टरमा मुस्ताङ पुगेका प्रधानमन्त्री नेपालले मुक्तिनाथको दर्शन गरेका थिए । त्यसपछि उनी नरसिं गुम्वा पुगेका थिए । त्यहाँ गुम्वाका आनीहरुले प्रधानमन्त्रीसमक्ष गुम्वाको मर्मतसंहार गरिदिन अनुरोध गरे ।

लोमान्थाङमा प्रधानमन्त्रीले त्यहाँका जनतासंग अन्तरक्रिया गरे । सदरमुकाम जोमसोममा पनि उनले स्थानीय जनता तथा सरकारी अधिकारीहरुसंग छलफल गरेका थिए ।

प्रधानमन्त्रीले सबै माग पत्रहरु हेरिसकेपछि जायज मागहरु सम्बोधन गर्नका लागि सरकारले ध्यान केन्दि्रत गर्ने बताएको सल्लाहकार पन्तले बताए । यसअघि राजा बीरेन्द्रले पटक पटक मुस्ताङको भ्रमण गरेपनि प्रजातन्त्र पुनस्थापना पछि सरकार प्रमुखले भ्रमण नगरेको भन्दै मुस्ताङवासीले गुनासो गरेका थिए ।

भ्रमणका क्रममा अन्नपूर्ण संरक्षण क्षेत्रका अधिकारीसंग पनि प्रधानमन्त्रीले छलफल गरेका थिए । प्रधानमन्त्री नेपालले मुस्ताङ्गी पूर्व राजा जिग्मे सिंग्ने पलवर विष्टसंग भेटी उनको स्वास्थ्यस्थिती बुझेको थिए । साथै ऐतिहासिक लो मन्थाङ दरवार, छोर्तेन लगाएतका गुम्बा र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाको कार्यालयको निरिक्षण गरेका थिए ।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by