ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Wednesday, October 14, 2009

चिनियाँ पर्यटक दोहोरो अंकमा वृद्धि

शिला पाण्डे- काठमाडौ, २०६६ आश्विन २८ - 
दशकयता नेपाल आउने चिनियाँ पर्यटक दोहोरो अंकमा बढ्ने क्रम जारी छ ।  अघिल्लो वर्षको तुलनामा २००९ को जनवरीदेखि सेप्टेम्बरसम्मको तथ्यांकमा पनि चिनियाँ पर्यटक १४ दशमलव ६ प्रतिशतले बढी आएका छन् । हरेक महिना बढिरहेको पर्यटक संख्यामा यसको पनि असर पुगेको हेा । १९९९ मा ३ हजार ५ सय ७७ चिनियाँ पर्यटक नेपाल आएका थिए । अहिले चीनलाई पर्यटक आउने मुख्य देशका रूपमा लिए पनि सन् १९९६ अघि कोही आउँदैन थिए । १९९८ को विश्व पर्यटन संगठनको तथ्यांकअनुसार पर्यटक आउने मुख्य बजारको रूपमा भारत सबैभन्दा अगाडि छ । २००९ सम्म पनि भारत अग्रपंक्तिमै छ । एघारौं नम्बरमा स्वीटजरल्यान्ड छ, जहाँबाट सबैभन्दा कम ४ हजार ९ सय २१ पर्यटक आएका थिए । 

चीन-नेपाल सीधा उडान गर्ने हवाई कम्पनीको उपस्थितिले पनि यो संख्या बढाउन सहयोग गरेको हो । तर छिमेकी मुलुक भारतको तुलनामा चीनबाट आउने पर्यटक निकै कम छन् । यस वर्षको सेप्टेम्बरसम्ममा भारतबाट ६५ हजार ९ सय ६७ पर्यटक आएका छन् । सोही अवधिमा चिनियाँ पर्यटक ११ हजार ५ सय ८३ मात्र आएका थिए । चीनबाट भारत घुम्न वाषिर्क साढे चार लाख पर्यटक जाने गरेका छन् ।

नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल -नाटा), होटल संघ नेपाल -हान) लगायत पर्यटन सम्बद्ध संघ-संस्थाले चिनियाँ पर्यटक बढाउनका लागि सञ्चालन गरेको प्रवर्द्धन कार्यक्रमले पनि प्रभावकारी भूमिका निर्वाह गरेको व्यवसायीको अनुभव छ । 'भारत जाने संख्याको केही प्रतिशतमात्र भए पनि नेपाल भित्र्याउन पहल गरिरहेका छौं,' नाटा अध्यक्ष रामकाजी कोनेले भने, 'त्यस्तै सीधा उडान गर्ने हवाई कम्पनी थपिनुले पनि पर्यटक आगमनलाई बढाउन सघाएको छ ।' 

एयर चाइना र चाइना साउथर्न गरी दुई हवाई कम्पनी रहेकोमा केही समयअघिमात्र चीनको कुन्मिङदेखि काठमाडौं सीधा उडान गर्ने चाइना इस्टर्न थपिएको छ । यी सबै हवाई कम्पनीका अनुसार अकुपेन्सी -यात्रु प्रतिशत) ८० भन्दा माथि छ । 'चार घन्टाको यात्रामा अर्को मुलुक हेर्न पाउने भएपछि उनीहरू नेपालतर्फ आकषिर्त भएका हुन्,' उनले भने, 'सानो भए पनि अन्य देशभन्दा बढी विविधताले पनि उनीहरूलाई यता तानेको छ ।' 

नयाँ हवाई कम्पनी थप भएपछि तुलनात्मक रूपमा भाडादर पनि कम भएको कोनेले जानकारी दिए । 'पर्यटन वर्षलाई लक्षित गरी एजेन्सीले मात्र नभई हवाई कम्पनीले प्रवर्द्धनको काम गरिरहेको छ,' उनले भने । 

यसका साथै आफ्नै मुद्रामा जहिलेसुकै नेपाल आउन पाउने भएकाले पनि चिनियाँ पर्यटक बढेको हुनसक्ने अनुमान छ । तर राजनीतिक अस्थिरता, बन्द हडतालका कारण २००८ मा अन्य मुलुकका पर्यटकसरह चीनबाट आउनेको संख्या पनि दुई प्रतिशतले घटेको छ ।





वर्ष     पर्यटक संख्या    वृद्धिदर -५) 

२०००    ३,९२४        ९.७ 

२००१    ३,९६८        १.३३

२००२    ३,४९०        -१२) 

२००३    ४,४१८        २७ 

२००४    ५,७९९        २ 

२००५    ६,४२३        १०.८

२००६    ६,५३१        १.७    

२००७    १४,४२६        १२०.९    

२००८    १४,०७६        -२)

२००८ -जनवरीदेखि सेप्टेम्बरसम्म)    १०,१०८

२००९ -जनवरीदेखि सेप्टेम्बरसम्म)    ११,५८३ 

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by