ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Thursday, October 15, 2009

विरोधीहरुलाई सुजाताले "ठीक" पार्ने

बैठकमै रामचन्द्रमाथि आक्रमण गर्ने प्रयास
काठमाडौं, २९असोज (दैनिकी)
बाहिर जतिसुकै ठूल्ठूलो स्वरमा विरोध गरेपनि अन्ततः नेपाली कांग्रेसका नेताहरु कोइरालावाद हावी भएको केन्द्रिय समितिमा विषय प्रवेशमात्र गराएर बस्न बाध्य भएका छन । बुधबार साँझ अवेरसम्म बसेको केन्द्रीय समितिको बैठकमा केन्द्रिय सदस्य नरहरि आचार्य र गोविन्दराज जोशीले सुजाता कोइरालालाई पार्टी केन्द्रिय समितिको निर्णयविपरित उपप्रधानमन्त्री बनाएकोमा पार्टी सभापतिलाई स्पष्टिकरण माग्नुपर्ने प्रस्ताव राखेपनि बैठकको अध्यक्षता गरिरहेका कावा सभापति सुशील कोइरालाको आग्रहमा त्यसमाथि विषय प्रवेश मात्रै भयो ।
बुधबारको समितिको बैठकमा केन्द्रीय सदस्यहरुबीच पक्षविपक्षमा लागेर झण्डै हात हालहालको अवस्था आएको छ ।बैठकमा संसदीय दलका नेता रामचन्द्र पौडेलले पार्टीभित्र व्यक्तिगत चिन्तन हावी भएकाले पार्टी बिग्रीएको टिप्पणी गरिरहँदा उपप्रधानमन्त्री सुजाताले प्रतिवाद गर्दै आफू पदमा पुगेको विगत नबिर्सन चेतावनी दिइन भने उनी करिबकरिब हात हाल्ने स्थितिमा उत्रिइन ।
उनले पौडेललाई बोल्न नदिई रोकेकी थिइन् । सुजाताले सभापतिलाई अपमान गर्ने काम गरेको, पार्टीमा 'ग्रुपिजम' बढाएको र सरकारमा प्रतिनिधित्व गरेका मन्त्रीलाई भन्दा एमाले पार्टीलाई सहयोग गरेको जस्ता आरोप लगाएकी थिइन् ।
उनले कोइरालाको आशिर्वादले नै उपसभापति बनेको बताएपछि पौडेल र सुजाताबीच झण्डै हात हालाहालको अवस्था आएको थियो । 
उनले भनिन-तपाईं नेता बन्न सक्ने मान्छे होइन, पख्नोस्, तपाईंहरूलाई महाधिवेशनमा देखाइदिन्छु ।'
पौडेलले 'बोल्न नदिने तपाईं पार्टीभित्र को हो ?' भनेपछि केहीछिन दुई जनाबीच भनाभन चलेको थियो ।
सुजाताले बोल्दाबोल्दै नेता नरहरि आचार्यले सभापतिको विरोध गरेपछि नेताहरुबीच आरोप-प्रत्यारोप चलेको थियो ।
उनले केन्द्रीय सदस्य रामशरण महत बोल्दा पनि त्यस्तै रवैया अपनाएकी थिइन् । सुजाताले 'तपाईं पनि उस्तै हो' भनेर प्रतिवाद गर्न लाग्दा महतले 'पँधेर्नीका जस्ता कुरा नगर्नुहोस्' भन्दै आफ्ना धारणा अघि बढाएका थिए ।
बालकृष्ण खांडसहितका केही मन्त्री तथा नेताहरुले भने कोइरालाको बचाउ गरेका थिए ।

बैठकमा सुजाताले शाही सरकारमा समेत मन्त्री बन्न जानेले अहिले पद नपाएर आलोचना गरेको भन्दै प्रकाशमान सिंहको आलोचना गरिन । उपसभापति प्रकाशमान सिंह सहमहामन्त्री अर्जुननरिसंह केसीलगायतका नेताहरुले सभापतिले स्पष्टिकरण दिनुपर्ने माग गरेका छन।
यसविषयमा आजको बैठकमा छलफल हुने भएको एक केन्द्रिय सदस्यले बताए । बिहीबारको बैठकमा केही निर्णय लिने भनिए पनि पिता कोइराला या छोरी कोइरालाबारे के निर्णय लिइनेछ त्यसबारे भने केही खोलिएको छैन ।



यसैबीच नेपाली कांग्रेसले आसन्न महासमिति बैठकलाइ ब्यबस्थीत गर्न काठमाडौं जिल्ला समिति सभापतिको सयोजकत्वमा महासमिति ब्यवस्थापन समिति गठन गरेकोछ । उपत्यकाका तीनवटै जिल्लाका सभापति उपसभापति तथा विभिन्न भात्री संगठनका सभापति र उपसभापति सदस्य रहने छन । कांग्रेस केन्द्रीय समिति बैठकले आगामी कार्तिक १५ गते देखि १७ गते महासमिति बैठक गर्ने निर्णय गरेको थियो ।
बैठकले विधान संसोधनका विषयमा आएका विभिन्न सुझाव समेटेर मस्यौदा पेश गर्न कृष्णप्रसाद सिटौलाको संयोजकत्वमा गठित विधान मस्यौदा समितिलाई निर्देशन दिएकोछ ।


No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by