ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Thursday, October 15, 2009

'गैर आवासीयलाई मतदान बाहेकका सबै अधिकार'


काठमाडौ, २०६६ आश्विन २९ - प्रधानमन्त्री माधवकुमार नेपालले गैर आवासीय नेपालीहरुका लागि मतदानको अधिकार बाहेक अन्य अधिकार प्रदान गर्न सरकार राजी रहेको बताएका छन् । उनले सबै गैर आवासीय नेपालीका लागि विशेष खाले परिचय पत्र दिन सरकार तयार रहेको बताए । बि्रटिश गोर्खा वेलफेयर सोसाइटीका प्रतिनिधिहरुसंगको भेटमा उनले गैरआवासीय हरुलाई स्वदेशमा लगानी मैत्री वातावरण निर्माणमा सरकार गम्भीर रुपमा लागिपरेको उल्लेख गरे ।

उनले भने-'तपाईहरु लगानीका लागि मानसिक रुपमा तयार रहनुस, सरकार यहाँलाई नेपालमा लगानी गरौं गरौं वातावरण बनेर देखाउँछ ।' गैर आवासीय नेपालीलाई निर्धक्क भएर लगानी गर्न आग्रह गर्दै उनले शिक्षा क्षेत्रमा विशेष लगानी गर्न सुझाव दिएका छन् । आपत्त विपत्तमा परेकाहरुलाई सहयोग गर्नु गैर आवासीय नेपालीहरुको धर्म भएको उनको भनाई थियो । उनले बेलायती सैनिक सरह गोर्खा सैनिकलाई पनि पेन्सन सुविधा दिलाउन सरकारले पनि परराष्ट्र मन्त्रालय मार्फत लविङ गरेको जानकारी दिएका थिए । 

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by