ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Friday, October 16, 2009

सुजातालाई उपप्रधानमन्त्री बनाएपनि सरकार ढल्छ: भट्टराई

उपेन्द्र लामिछाने, वीरगन्ज, असोज ३०- एकीकृत नेकपा माओवादीका उपाध्यक्ष बाबुराम भट्टराईले नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालालाई उपप्रधानमन्त्री बनाउँदैमा वर्तमान सरकार ढल्नबाट जोगिन नसक्ने बताएका छन्। सर्लाहीको हरिवनमा आयोजित आमसभालाई सम्वोधन गर्न जाने क्रममा शुक्रबार बिहान सिमरा आइपुगेका उनले नागरिक सर्वोच्चताको स्थापनासँगै नयाँ सरकार गठन हुने बताए। 'सरकार जोगाउन विभिन्न कसरत हुन थालेको छ ', उनले भने -' तर वर्तमान सरकार कुनै पनि बेला ढल्छ। ' वर्तमान सरकारको आधार मजवुत नभएकाले यसको औचित्य नरहेको उनको कथन थियो। ' यो कठपुतली सरकार हो ', उनले भने -' काठको खुट्टाले चलेको यो सरकार जसलाई जुन मन्त्री बनाएपनि छिट्टै ढल्छ।'

माओवादी अध्यक्ष पुष्पकमल दाहालले तिहारपछि सहमती हुने भनी दिएको अभिव्यक्ति र तिहारपछि आन्दोलन गर्ने आफ्नो भनाई एकै पार्टीको दुईवटा धारणा नभएको जिकिर उनले गरे। ' कतिपयमाझ अध्यक्ष र मेरो अभिव्यक्तिबीच विरोधाभाष रहेको अनुभूति भएको रहेछ', उनले थपे -' तर हाम्रो पार्टीमा नागरिक सर्वोच्चताको विषयमा कुनै मतभेद छैन।' अन्तिम समयसम्म सहमतिको प्रयास गर्ने त्यसो नभए आन्दोलनको विकल्प नरहेको उनले सुनाए।

उनले सहमतिको लागि माओवादी 'बटम लाइन' निश्चित भइनसकेपनि नागरिक सर्वोच्चताको सवालमा पार्टीले कुनै सम्झौता गर्न नसक्ने बताए। ' कसैगरी पनि नागरिक सर्वोच्चता सुनिश्चीत हुनु पर्ने हाम्रो पार्टीको धारणा हो', उनले भने -' त्यसपछि नयाँ राष्ट्रिय सरकारको निर्माण हुनेछ। '

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by