ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Tuesday, October 13, 2009

घुर्क्याएरै उपप्रधानमन्त्री बनिन सुजाता


नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाकै दबाबका भरमा प्रधानमन्त्री माधवकुमार नेपालले सुजाता कोइरालालाई उपप्रधानमन्त्री बनाएपछि सरकारभित्रै र उनकै दल कांग्रेसभित्रै व्यापक विवाद भएको छ । कांग्रेसका दस जना युवा नेताहरुले वक्तव्यनै जारी गरेर प्रम नेपालको यो निर्णयप्रति आपत्ति जनाएका छन भने कांग्रेस कावा उपसभापति सुशील कोइराला उपसभापति रामचन्द्र पौडेल प्रवक्ता अर्जुननरसिंह केसीले विभिन्न सञ्चारमाध्यमलाई प्रतिक्रिया दिदै यसलाई विधि शासनको उपहास भन्दै दुर्भाग्यपूर्ण निर्णय भनेका छन । नेपाली कांग्रेसका युवा नेताहरु चन्द्र भण्डारी, विश्वप्रकाश शर्मा, गगन थापा, जगदीशनरसिंह केसी, विनोद कायस्थ, प्रदीप पौडेल, राजु खनाल, महेन्द्र शर्मा लगायतले विज्ञप्ति जारी गरी पार्टी निर्णय विपरीत उपप्रधानमन्त्री नियुक्त गर्नु दुर्भाग्यपूर्ण भएको प्रतिक्रिया दिए। 

यसअघि परराष्ट्रमन्त्री रहेकी सुजाताले आफूलाई भन्ने वित्तीकै उपप्रधानमन्त्री नबनाइएको भन्दै देशकै बेइज्जत हुने प्रधानमन्त्रीको भारत भ्रमण बहिष्कार गरेकी थिइन । प्रधानमन्त्री नेपालले कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाको पटक पटकको आग्रहपछि सुजातालाई उप-प्रधानमन्त्रीमा नियुक्त गराएको बताए । 
नेपाली कांग्रेसको महासमिति बैठक स्थगित गर्न आफूले गरेको आग्रहलाई केन्द्रीय समितिले अस्वीकार गरिदिएपछि आक्रोशित भएका कोइरालाले केन्द्रीय समितिलाई चुनौती दिनका लागि पनि तत्कालै छोरीलाई उपप्रधानमन्त्री बनाएको भनाई केही नेताहरुको छ ।

सुजातालाई उपप्रधानमन्त्री बनाउन अस्वीकार गरेका कारण केही समयअघि प्रधानमन्त्री नेपाल र कंग्रेस सभपाति कोइरालाबीचको सम्बन्धसमेत चिसिएको थियो । उनले उपप्रधाननमन्त्रीको सपथ लिएपछि आफूलाई पार्टीकै निर्णयबाट उपप्रम बनाइएको दाबी गर्दै आफू दोस्रो वरियतामा रहेको बताइन । तर उपप्रधानमन्त्री तथा भौतिक योजना तथा निर्माणमन्त्री विजयकुमार गच्छदारले आफूनै दोस्रो वरियतामा रहेको बताए । राष्ट्रपति कार्यालयका सचिव वामनप्रसाद न्यौपानेले पनि वर्तमान मन्त्रिपरिषदमा उपप्रधानमन्त्री गच्छदार दोस्रो र नवनियुक्त उपप्रधानमन्त्री कोइराला तेस्रो वरियताक्रममा रहेको बताएका छन ।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by