ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Wednesday, October 14, 2009

सभापतिलाई स्पष्टिकरण लिइन्छ : महत


  • मेरो बढुवाको विरोध अर्थहीन। सुशीललाई कार्यबहाक र रामचन्द्रलाई उपसभापति पनि गिरिजाबाबुले बनाउनुभएको हो : सुजाता
  • केन्द्रीय समितिको बैठक आज, सभापति कोइराला भने विराटनगर जाने-
देवचन्द्र भट्ट, नुवाकोट असोज २८ - नेपाली कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाले केन्द्रीय समितिमा कुनै छलफल नै नगरी छोरी सुजाता कोइरालालाई उप प्रधानमन्त्री बनाएकोमा स्पष्टिकरण लिइने नेता रामशरण महतले वताएका छन्।   गृहनगर आइपुगेका नेता महतले सुजातालाई उपप्रधानमन्त्री बनाएर पार्टीमा निरंकुशता लाद्न खोजेको आरोप सभापति कोइरालामाथि लगाए। केन्द्रीय समितिले वैठकले निर्णय गरी पार्टी सभापतिसँग स्पष्टिकरण लिने महतको दाबी थियो। 



कांग्रेस केन्द्रीय समितिको बैठक बुधबार बस्दैछ। उता सभापति कोइराला भने बुधबार बिराटनगर जाँदैछन्। विराटनगरमा बनेको कांग्रेस संस्थापक नेता विपी कोइरालाको शालिक अनावरण गर्न कोइराला विराटनगर जान लागेका हुन्।  



मेरो बढुवाको विरोध अर्थहीन : सुजाता

काठमाडौं - उपप्रधानमन्त्री सुजाता कोइरालाले मन्त्रिपरिषदमा आफ्नो बढुवाको विरोध गर्नुको कुनै अर्थ नभएको बताएकी छन्। परराष्ट्रमन्त्रीबाट उपप्रधानमन्त्रीमा नियुक्त भएपछि मंगलबार पदभार ग्रहण गरेलगत्तै उनले यस्तो बताएकी हुन्। 'पार्टी सभापति गिरिजाप्रसाद कोइरालाको सिफारिसमा प्रधानमन्त्रीले विशेषाधिकार प्रयोग गर्दै मलाई उपप्रधानमन्त्रीमा नियुक्त गर्नुभएको हो,' आफ्नै पार्टी कांग्रेसबाट भइरहेको विरोधप्रति संकेत गर्दै उनले भनिन्, 'यसमा कसैले विरोध गर्नुको कुनै तुक छैन।'  सुजाताले पार्टी पदाधिकारीलाई पनि सभापति कोइरालाले मनोनयन गरेको र त्यतिखेर कसैले विरोध नगरेको स्मरण गराइन्।
'सुशील कोइरालालाई कार्यवाहक सभापति र रामचन्द्र पौडेललाई उपसभापति पनि गिरिजाबाबुले नै बनाउनुभएको हो,' उनले भनिन्, 'उहाँहरूले चुनाव जितेर आउनुभएको होइन।' 


त्यतिखेर सबैको हैसियत केन्द्रीय सदस्य मात्र रहेको बताउँदै उनले थपिन्, 'गिरिजाबाबुले त्यतिखेर उहाँहरूलाई कार्यवाहक सभापति र उपसभापतिमा नियुक्त गर्दा कसैले विरोध गरेन।' 


उनले आगामी महाधिवेशनबाट आफू स्थापित हुनेतर्फ पनि संकेत गरिन्। लोकतन्त्रमा प्रतिस्पर्धा हुने बताउँदै उनले कांग्रेस नेताहरूलाई महाधिवेशनमा प्रतिस्पर्धा गर्न चुनौती दिइन्। 'चुनाव आउन लागेको छ,' उनले भनिन्, 'सबैले चुनावै फेस गर्ने हो।' 

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by