ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Friday, October 16, 2009

जवर्जस्ती रकम असुल्दै माओवादी सेना

'वाईसीएल कार्यकर्ता र जनसेनाका मान्छेहरुले रकम असुल गरीरहेका छन' स्थानीय वासीन्दाहरुले भने, 'दशैंको समयमा पनि केही समय रकम असुल गरेका थिए ।' 
डीआर पन्त/डडेलधुरा, २०६६ आश्विन ३० - चाडपर्वको समय पारेर शिविरमा रहेका माओवादी सेना र वार्इसीएल कार्यर्ताहरु डडेलधुरा(धनगढी खण्डको भीमदत्त राजमार्गका सवारी साधनबाट जवर्जस्ती रकम असुल गरिरहेका छन्‍ । 'हरेक गाडीबाट एक हजारदेखि तिन हजारसम्म रकम असुल गरिरहेका छन्‍,' गाडी चालक केशव सिंहले भने, 'गाडी रोकेर माओवादी सेनाले भ्याट बिल माग्ने गरेका छन्‍ ।' चालकहरुले भने भ्याट विल भएको गाडीको एक हजार र नभएको गाडीस"ग ५ हजार रकम तिरिरहेका छन्‍ ।
 राजमार्गको खानडांडा, सहजपुर ,फल्टुडे क्ष्ोत्रमा रकम असुल गरिरहेको सिंहले बताए । 'अभद्र ब्यबहार भने गरेनन्‍,' अर्का गाडी चालक खड्‍कबहादुर थापाले भने, 'तर हरेक गाडीवाट हजारौंका दरले रकम असुल गरीरहेका छन्‍ ।


'निर्माण्ा सामग्री, दैनिक उपभोग्य वस्तु र पहाडी जिल्लालार्इ आवश्यक सामग्री लिएर धनगढीबाट आउने एकमात्र राजमार्गमा दैनिक पाच सयभन्दा बढी सवारी साधन गुड्‍ने गर्छन्‍ । वष्र्ााले गर्दा बिगत १२ दिनदेखि बन्द रहेको उक्त राजमार्गमा अहिले सवारी साधन र सामान ढुवानी गर्ने साधनहरुको ताती लागेको छ ।


रकम उठाउनेमा माओवादीको बहुबीर योद्धा स्म ृति सव(डिभीजन सहजपुरका छापामारहरु छन्‍ । डिभीजनका सह(इञ्चार्ज बिजयले चाहिं यसमा माओवादी सेनाको कुनै संलग्नता नभएको दाबी गरे । 'पार्टीका कार्यकर्ता र वार्इसीएलका कार्यकर्ता होलान्‍,' सह(इञ्चार्ज विजयले भने । 


आधिकारिक रुपमा माओवादी जनसेनाको सब(डिभीजनले रकम असुल गरेको स्वीकार नगरे पनि स्थानीय कार्यर्ताको सहयोगमा उनीहरुले नै रकम असुल गरिरहेको प्रत्यक्ष्ादर्शीहरुको भनाइ छ ।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by