ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Saturday, October 17, 2009

गिरिजाप्रसाद कोइराला रोए


काठमाडौ, २०६६ आश्विन ३१ - 


कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाले शनिबार भैंलो खेल्न आएका कलाकार सामु आशु थाम्न सकेनन् । करिव दश मिनेट उनी सुक्क सुक्क गर्दै रोईरहे । साँस्कृतिक संघले पार्टी कार्यालय सानेपामा आयोजना गरेको भैलो कार्यक्रममा उपस्थित भएका कोइराला 'वीपी यसै भन्नुहुन्थ्यो' गीतमा मन थाम्न नसकेका हुन ।



 कलाकारहरुले पंचायतकालिन यातनाको अभिनय गर्दै मारिएका र घाईते भएको दृश्यहरु देखाउन थालेपछि उनको आँखाबाट आशु र्झन थालेको थियो । अभिनयबाट भावुक भएका कोइराला केही मन्तव्य नबोली फर्किए ।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by