ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Saturday, October 17, 2009

श्रीलंकाका राष्ट्रपति आउने



काठमाडौ, २०६६ आश्विन ३१ - श्रीलंकाको राष्ट्रपति महिन्दा राजपाक्षे कात्तिक १२ गते नेपाल आउने भएका छन् । उनी बुद्धको जन्मस्थान लुम्बिनी जाउने कार्यक्रम छ । राजपाक्षे यसअघि मार्च पहिलो साता भ्रमणमा आएका थिए । पाकिस्तानमा श्रीलंकाली खेलाडीलाई गोली प्रहार भएपछि आकस्मिक रूपमा भ्रमण छोट्याएर उनी फर्केका थिए ।  गृह मन्त्रालय स्रोतका अनुसार राजपाक्षेसँग उनकी श्रीमती, तीन मन्त्री, सचिव, चिकित्सक, अंगरक्षकलगायत २० जनाको टोली विषेश जहाजद्वारा काठमाडौं आउने छन् । उनले १२ गते काठमाडौंमा राष्ट्रपति, प्रधानमन्त्री, परराष्ट्रमन्त्री लगायत उच्च अधिकारीलाई भेटने कार्यक्रम छ । 

उनको भ्रमणको तिथि, मिति मिलाउन लुम्बिनी क्षेत्रमा कार्यरत प्रहरी र लुम्बिनी विकास कोषका पदाधिकारी श्रीलंका गएका थिए । राजपाक्षेको भ्रमण हुने औपचारिक जानकारी आएपछि राजधानीका सुरक्षा निकायहरू सुरक्षित रूपमा सवारी चलाउन बैठक गरिरहेका छन् । यसअघि राजपाक्षेको भ्रमण सुरक्षित बनाउन केन्द्रीय सुरक्षा समितिको बैठकले सवारी रुटका सबै सिमेन्टका ब्लकहरू हटाएर सवारी चलाउने निर्णय गरेको थियो ।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by