ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Thursday, October 15, 2009

माओवादी सहभागिता विना सरकार अपुरोः गजुरेल

देवेन्द्र बस्नेत दाङ २९ असोज
एकीकृत नेकपा माओवादीका पोलिटव्युरो सदस्य हरिबोल गजुरेलले माओवादीको सहभागिता विना कुनैपनि हालतमा सरकार चल्न नसक्ने बताएका छन। सरकार चलाउन जनताले माओवादीलाई म्यान्डेट दिएको बताउँदै उनले माओवादीलार्ई वाईपास गरेर कसैले पनि सरकार चलाउन नसक्ने दाबी गरे। वर्तमान सरकारलाई जनताले बहिस्कार गरिसकेको बताउँदै उनले जनताले बहिस्कार गरिसकेको सरकारको औचित्य पनि समाप्त भैसकेको उल्लेख गरे। वर्तमान सरकार परालको त्यान्द्रो समातेर आयु टिकाउन लागि परेको पनि उनको टिप्पणी थियो।

क्रान्तीकारी पत्रकार संघ दाङले घोराहीमा गरेको पत्रकार सम्मेलनमा गजुरेलले राजनीतिक परिवर्तनका लागि सहमति र सहकार्यको विकल्प नभएको भन्दै उनले दलहरुलाई सहमतिमा आउन आग्रह गरे |

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by