ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Thursday, October 15, 2009

ओलीको बोलीः प्रधानमन्त्रीले गलत काम गरे

“सुजाता कोइरालालाई उपप्रधानमन्त्री बनाउनुअघि प्रधानमन्त्रीले राम्ररी सोचबिचार गर्नुपर्थ्यो”

सञ्जीव चापागाई ,झापा २९ असोज
नेकपा एमालेका वरिष्ट नेता केपी शर्माओलीले आफ्नै दल नेतृत्वको वर्तमान सरकारको कर्यशैलिप्रति असन्तुष्टी जनाएका छन। झापाको दमकमा बिहीबार बिहान कायकर्ता भेटघाटका क्रममा नेता ओलीले देशको नेतृत्व सम्हाल्ने जिम्मा एमालेको काँधमा आउनु राम्रो कुरा भए पनि वर्तमान सरकारको कार्यशैली सन्तोषजनक नभएको टिप्पणी गरे। सुजाता कोइरालालाइ उपप्रधानमन्त्री बनाइएको कार्यप्रति असन्तुष्टि जाहेर गदै नेता ओलीले भने– “प्रधानमन्त्री माधवकुमार नेपालले हालका समयमा कसैको दबाबमा आएर गलत कार्य गर्नुभएको छ, यसले सिङ्गो सरकारलाइनै असर पुग्छ।”
गलत सही छुट्याउन नसक्नु प्रधानमन्त्रीको कमजोरी भएको बताउदै ओलीले “सुजाता कोइरालालाई उपप्रधानमन्त्री बनाउनुअघि प्रधानमन्त्रीले राम्ररी सोचबिचार गर्नुपर्थ्यो” भने। उनले प्रधानमन्त्रीलाइ कसैको दवावमा आएर काम नगर्न सुझावसमेत दिए। 

सरकारको कर्यशैलीप्रति असन्तुष्टि जनाउदै भएपनि ओलीले वर्तमान सरकार पूरै समय टिक्ने दाबी गर्न भने चुकेनन। ओलीले वर्तमान सरकार परिवर्तनको भने तत्काल कुनै सम्भावना नरहेको बताए। कायकर्ता भेटघाटका क्रममा देशमा अतिवादीको चलखेल बढेको तर्फ टिप्पणी गर्दै ओलीले त्यस विरुद्ध वैचारिक संर्घसमा उत्रन कार्यकर्तालाइ निर्देशन दिए। संक्रमणकालीन अवस्थामा यस्तो चलखेलले दूरगामी असरपर्ने भन्दै ओलीले सचेत रहन कार्यकर्तालाई निर्देशन दिए। 

ओलीले कार्यकर्ताभेटघाटपछि दमकमा सञ्चारकर्मीहरुसग ंवर्तमान सरकारले नै संविधान निर्माण पूरा गर्ने र चुनाब गराइ छाड्ने दाबी गरे । ओलीले संवादको मध्यमबाट सहमति प्राप्त गर्दै वर्तमानका सबै समस्या समाधान गरेर निर्धारित समयभित्र संविधान निर्माण पूरा गर्न राजनीतिक दलहरुलाई समेत आग्रह गरे।


No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by