ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Monday, October 12, 2009

लुक्ला जान सकेनन् प्रधानमन्त्री

काठमाडौँ, असोज २६ (नागरिक)-
लुक्लामा प्रधानमन्त्री आउने कार्यक्रम थाहा भएपछि विरोध गर्न भेला भएका माओवादी कार्यकर्ता र प्रहरीबीच झडप भएको छ। इम्जा हिमताल अवलोकन गर्न लुक्ला जाने प्रधानमन्त्री माधवकुमार नेपालको कार्यक्रम भने खराब मौसमका कारण स्थगित भएको छ। प्रधानमन्त्रीका प्रेस सल्लाहकार विष्णु रिजालका अनुसार जलवायु परिवर्तनको असर देखाउने महत्त्वपूर्ण स्थानका रुपमा परिचित इम्जा हिमताल अवलोकन गर्न आज बिहान ८ बजे प्रस्‍थान गर्ने कार्यक्रम थियो। 'तर, मौसमका कारण उहाँ जान सक्नुभएन,' रिजालले बताए। 
प्रधानमन्त्रीलाई कालो झण्डा देखाउन लुक्लामा भेला भएका माओवादी कार्यकर्ता र प्रहरीबीच झडप हुँदा एक महिला प्रहरी घाइते भएका छन्। 

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by