ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Sunday, October 11, 2009

माओवादी लडाकू व्यवस्थापन आजबाट

काठमाडौं, २५ असोज (दैनिकी)
माओवादी अयोग्य सेनाको पुनस्थापनाको प्रक्रिया आज आइतबारबाट सरु हुने भएको छ । माओवदी जनमुक्ति सेनाको शिविरमा रहेका बालबालिका र अयोग्य माओवदी लडाकूको पुनस्थापना सिन्धुलीको दुधौलीबट सुरु गरिने शान्तिमन्त्री रकम चेम्जोङले जानकारी दिए । अयोग्य र उमेर नपुगेका लडाकूलाई तत्काल भरपोषणसहित विभिन्न शहरमा अस्थायी क्याममा राखिने छ । ४५ दिन भित्र सबै अयोग्य लडाकूलाई पुनस्थापना गरिसक्ने शान्ति मन्त्रालयले जनाएको छ । 

अयोग्य माओवादी लडाकूहरु समाजमा र योग्य लडाकुहरु विषेश समितिको सिफारिसमा सेना, प्रहरी, सुरक्षा गार्ड र अन्य निकायमा समायोजन गरिने मन्त्री चेम्जोङले जानकारी दिए।
संयुक्त राष्ट्र स‌घीय मिसन अनमिनले मुख्य सात र २१ सहायक शिविरहरुमा १९ हजार ६ सय २ योग्य लडाकू रहेको प्रमाणिकरण गरिसकेको छ । तीमध्ये दुई हजार नौ सय ७३ जना १८ वर्षमुनिका लडाकू छन

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by