ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Tuesday, October 13, 2009

मुस्ताङ पुगेका भारतीय राजदूतलाई लेक लाग्यो ; नेपाली बच्चाहरुलाई हिन्दी गीत

म्याग्दी, असोज २७- भारतको लगानीमा मुस्ताङमा भएका विकास निर्माणका काम निरीक्षण र थप लगानी गर्ने प्रचारबाजी गर्दै उपल्लो मुस्ताङ पुगेका भारतीय राजदूत राकेस सुदलाई लेक लागेको छ। उनलाई लेक लागेपछि चार जना अधिकारीको टाली भ्रमण छोट्याउँदै मंगलबार राजधानी फर्किएको छ।  उपल्लो मुस्ताङको लोमान्थाङ गाविसको महाँकरुणा विद्यालयको भूमिगत खानेपानी ट्याङ्कीको उदघाटन र उपल्लो मुस्ताङकै छोन्हुप गाविसको नाग्याल गुम्बा निर्माणका लागि सहयोग रकम जिल्ला विकास समितिको कार्यालयलाई हस्तान्तरण गरेपछि उनको खुट्टामा समस्या आएको थियो। बिहान समस्या देखिपछि उनी फर्किएका हुन। उनको फर्काइसँगै कागवेनी गाउँ विकास समितिस्थित धर्मशाला र जोमसोमको कालीगण्डकीमा पक्की पुल निर्माण गर्न दिने भनिएको तीन करोड रुपैयाँका कार्यक्रम स्थगित भएका छन्।
बिहान करिव आठ बजे राजदूतको खुट्टामा समस्या आएपछि जोमसोमबाट हेलिकप्टर लगी घमी गाविसवाट राजदूतसहित नेपालको आर्थिक मामिला हेर्ने भारतीय दूतावासका अनित कुण्डल, मुस्ताङका स्थानीय विकास अधिकारी मणिकुमार ज्ञवालीसहित ४ जनालाई जोमसोम ल्याइएको थियो।

जोमसोम ल्याइएको केही समयपछि राजदूत पोखरा हुँदै काठमाडौं फिर्ता भएका हुन। राजदूत सुदको एक हप्ताको मुस्ताङ भ्रमणको क्रममा टुकुचे गाउँ विकास समितिमा रहेको योगेन्द्र उच्च माध्यामिक विद्यालयका विद्यार्थीलाई हिन्दी भाषामा गीत गाउन अनुरोध गर्दै हिन्दी भाषमा गीत गाउन लगाएपछि मुस्ताङका राजनीतिक दलले सुदको आलोचना गरेका छन्।

नेकपा एमालेका केन्द्रीय सदस्य श्रीमायाँ थकालीले मुस्ताङका जनताको गरिबीको फाइदा उठाउन खोजेको भन्दै आपत्ति जनाएकी छन्। त्यस्तै एकिकृत नेकपा माओवादीका मुस्ताङ इन्चार्ज कृष्णप्रसाद पराजुलीले नेपाली भूमिमा आएर नेपाली छोराछोरीलाई नै हिन्दी गीत गाउन लगाउनु आपत्तिजनक भन्दै सुदको खरो आलोचना गरेको म्याग्दीका सञ्चारकर्मी हरिकृष्ण गौतमले जनाएका छन्।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by