ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Wednesday, October 14, 2009

विश्वको सबैभन्दा होचा खगेन्द्र १८ वर्षका भए


विजय नेपाल पोखरा, २८ असोज
विश्वको सबैभन्दा होचो नागरिक बाग्लुङका खगेन्द्र थापामगर आज (बुधबार) देखि १८ वर्षमा प्रवेश गरेका छन्। वि.सं. २०४९ असोज २८ गते बाग्लुङ धुल्लुबासकोट ६, उर्लेरीमा बाबु रुपबहादुर र आमा धनमायाको जेठो सन्तानको रुपमा जन्मिएका खगेन्द्रको उचाई १८ औ जन्मदिनमा पनि मात्र २० इञ्च छ। साथै उनको तौल पाँच किलोग्राम रहेको छ।

खगेन्द्रले ठीक तीनमहिना अघि गत असार २८ गते बाग्लुङ् जिल्ला प्रशासन कार्यालयबाट नेपाली नागरिकताको प्रमाणपत्रसमेत


लिएका थिए। नागरिकता लिने दिन १६ वर्ष नौ महिनाका खगेन्द्रको नागरिकता नम्बर १४०१८ हो। खगेन्द्रले गिनिज बुक अफ दी बर्ल्डमा विश्वको सबैभन्दा होचो नागरिककेा रुपमा नाम लेखाउन अझै एक वर्ष कुुर्नुपर्ने छ। खगेन्द्र थापामगर प्रतिष्ठानका अध्यक्ष मीनबहादुर राना भन्छन्, “आवश्यक सबै प्रक्रिया पूरा गरिएको छ, प्राब्धानअनुसार विश्वको सबैभन्दा होचो नागरिकको नाम लेखाउन १८ वर्ष उमेर कटेको हुनुपर्दो रहेछ। ”

उनका अनुसार चीनका पिङपिङले पछिल्लोक्रममा कायम राखेको रेकर्ड भङग गर्दै खगेन्द्रले अर्को वर्ष विश्वको सबैभन्दा होचो नागरिकको रुपमा नेपालको उचाई विश्वसामु उभ्याउनेछन्। पिङपिङको उचाई २९ दशलमव पाँच इञ्च छ। पाँच वर्षदेखि बाबुआमासँगै पोखरा बस्दै आएका खगेन्द्र हाल पोखराको शिवालयचोकस्थित सरस्वती माविमा यूकेजीमा अध्ययनरत् छन्। गतवर्षदेखि पढ्न सुरु गरेका खगेन्द्रले अहिले सावाँ अक्षर हेरेर सार्न सक्छन्। प्रतिष्ठानले खगेन्द्रलाई मासिक चार हजार रुपैया तिरेर विद्यालयमा पढाउने ब्यवस्था मिलाएको हो। खगेन्द्रका एकमात्र भाइ महेश बाराही उच्च्ामाबि, पोखरामा कक्षा ६ मा पढ्छन्। उनको उचाई भने सामान्य छ। खगेन्द्रका बाबुआमाले जीविकोपार्जनका लागि पोखराको सिर्जनाचोकमा चियापसल संचालन गर्दै आएका छन्।

यसैबीच, खगेन्द्र थापामगर प्रतिष्ठानले उनको जन्मदिनको अवसर पारेर बुधबार पोखरामा दोस्रो साधारणसभा गर्दैछ। साधारणसभामा संस्थालाई विभिन्नरुपमा सहयोग पुर्याएको भन्दै पत्रकार नारायणप्रसाद भट्टराई, संस्थाका कानुनी सल्लाहकार सुरेन्द्र थापामगर र राजधानीस्थित शिखर नेपाललाई सम्मान एवं स्मारिका विमोचन गरिने संस्थाका सदस्य दिननाथ बरालले जनाए।


No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by