ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Sunday, October 11, 2009

प्रधानमन्त्रीले सैनिक मुख्यालय निरीक्षण गर्ने


काठमाडौं, असोज २५ (दैनिकी)
प्रधानमन्त्री माधवकुमार नेपालले आज पहिलोपल्ट सैनिक मुख्यालय भद्रकालीको निरीक्षण गर्ने भएका छन । मन्त्रीहरुसहित प्रधानमन्त्री नेपालले जंगी अड्डाको निरीक्षण गर्ने सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । प्रधानमन्त्री र मन्त्रीहरुलाई नेपाली सेनाका विभिन्न विभागीय प्रमुखहरुले सेनाको संरचना तथा कार्य विवरणलगायतका विषयहरुमा जानकारी गराउने कार्यक्रम रहेको छ ।


शान्ति सम्झौताका केही बुँदाले नेपाली सेनामा हतियार, गोलीगट्ठा, बन्दोवस्तीका सामान खरिद, सेना भर्ना र तालिमलगायतका विषयलाई प्रभावित पार्न सेनाको मनोवल गिरिरहेको भनी रक्षामन्त्री विद्यादेवी भण्डारीले सार्वजनिक रुपमा अभिव्यक्ति दिएपछि विवाद उत्पन्न भइरहेको बेला प्रधानमन्त्रीले गर्न लागेको निरीक्षण भ्रमणलाई महत्वका साथ हेरिएको छ ।


No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by