ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Sunday, October 11, 2009

अति भयो प्राइममिनिस्टर


काठमाडौं, २४ असोज : प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जथाभावी रकम बाँडेपछि अर्थ मन्त्रालयले रकम निकासा रोक्का गरिदिएको छ । एक वर्षका लागि २५ लाख छुट्टयाइए पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले साउन र भदौमा ४७ लाख रुपैयाँ बाँडेको छ । चालू आर्थिक वर्षभरिका लागि छुट्टयाइएको आर्थिक सहायता रकम अपुग भएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले भदौको दोस्रो सातामै अर्थ मन्त्रालयबाट थप १५ लाख रुपैयाँ मागेको थियो । १५ लाख रुपैयाँ पनि कार्यालयले भदौमै बाँडेर सकेको छ । यसैगरी गत आर्थिक वर्षबाट बाँकी रहेको सात लाख रुपैयाँ पनि कार्यालयले साउन र भदौ महिनामै वितरण गरेर सकेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले प्रधानमन्त्री सहायताकोषमा सबै रकम सकिएपछि ३० भदौमा पुनः दोस्रोपटक अर्थ मन्त्रालयसँग २५ लाख माग गरेको थियो । तर, अर्थ मन्त्रालयले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जथाभावी र मनोमानी तबरले आर्थिक सहायता वितरण गरेको भन्दै रकम निकासा रोक्का गरिदिएको मन्त्रिपरिषद् कार्यालयस्रोतले जनाएको छ ।

'अर्थ मन्त्रालयले रोक्का नै गरेको त भन्न नमिल्ला, तर जथाभावी रकम बाँडेको भन्दै थप रकम निकासा गर्न आनाकानी गरिरहेको छ,' प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता शारदाप्रसाद त्रितालले भने ।

त्रितालले यस वर्ष प्रधानमन्त्री सहायताकोषबाट अत्यधिक रकम गएको स्विकारे । 'त्यसैले पनि अर्थ मन्त्रालयले थप रकम निकासा गर्न आनाकानी गरेको हुनसक्छ,' उनले भने ।

कार्यालयस्रोतका अनुसार प्रधानमन्त्री सहायताकोषबाट वितरण भएको यो रकम पाउनेमा एमाले, कांग्रेस, फोरम लोकतान्त्रिक, माले, जनशक्ति पार्टी तथा सत्तासीन दलनिकटका कार्यकर्ता छन् । उनीहरूलाई औषधोपचार तथा आर्थिक सहायताका नाममा रकम बाँडिएको छ ।

आर्थिक सहायातका नाममा एकै व्यक्तिले ७५ हजारसम्म बुझेका छन् । आर्थिक सहायताबापत ७५ हजार बुझ्नेमा दैलेखका योगेन्द्रबहादुर शाही, बाँकेका दुर्गा शाही, मोरङकी चित्रकला खतिवडा र संखुवासभाकी उर्मिला चौलागाईं छन् ।

प्रधामन्त्रीका स्वकीय सचिव यादव शर्माले 'सहायता दिनू' भनेर तोक लगाएका दर्जनौँ निवेदनको चाङ कार्यालयमा छ । तर, रकम अभावका कारण कार्यालयले थप रकम बाँड्न सकेको छैन ।

प्रधानमन्त्री नेपालले सहायताकोषमार्फत रकम वितरण गर्न स्वकीय सचिव शर्मालाई अधिकार प्रत्यायोजन गरेका छन् । सोही अधिकार प्रयोग गरी शर्माले आफ्नै तजबिजमा रकम बाँड्दै आएका छन् ।

'कोषमा रकम छैन, तर प्रधानमन्त्रीका स्वकीय सचिव शर्माद्वारा आर्थिक सहायताका लागि रकम दिनू भनेर तोक लगाइएका दर्जनौँ निवेदन छन् । पैसै नभएपछि त तोक पनि नलाए हुने हो नि,' प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका एक अधिकारीले भने ।

कसले कति बुझे ?

आर्थिक सहायताबापत झापाका तारा साम्याङ्गाले ७४ हजार लिएका छन् भने ७० हजार लिनेमा काठमाडौंका राजनप्रसाद उप्रेती, काठमाडौंकै अष्टभक्त चित्रकार, धनुषाकी प्रेममाया श्रेष्ठ, पाल्पाका लक्ष्मण ज्ञवाली, प्युठानका सुरज रायमाझी, खोटाङका देवीप्रसाद पोखे्रल, काभ्रेका राजेश्वर कायस्थ, काभे्रकै गंगामाया श्रेष्ठ, रोल्पाका शान्तकुमार ओली र रुपन्देहीकी देवी भण्डारी छन् ।

५० देखि ६० हजार बुझ्ने

धनुषाका रामअवतार पासवान, धनुषाकै सञ्जयकुमार थ्ाापा, जुम्लाका बलबहादुर महत, कैलालीका जीवककुमार बम, सुनसरीका भरतराज घिमिरे, झापाकी देवीमाया प्रसाईं, मोरङकी हरिमाया गौतम, खोटाङका तीखबहादुर खत्री, ताप्लेजुङका पैनशकुमार लिम्बू, दार्चुलाका जनकराज भट्ट, कालीकोटका कृपाराज शर्मा, बैतडीका राजेन्द्रप्रसाद अवस्थी, मोरङका भूपेन्द्र शाह, स्याङ्जाकी आरती कार्की, बझाङका रामदत्त जोशी, गोरखाका मिठ्ठे सार्की, कास्कीकी शारदादेवी आचार्य, अछामका दिनेशकुमार शाह, धादिङका रामप्रसाद तिवारी र पर्वतका राजेश पौडेल छन् ।

२० देखि ४० हजारसम्म बुझ्ने

कुमार उप्रेती काठमाडौं, हेम लम्साल काठमाडौं, विष्णु चौधरी रौतहट, आशिष पौडेल अर्घाखाँची, दर्शविन्द महर्जन काठमाडौं, विकासमान महर्जन ललितपुर, भुवनेश्वर रिजाल धादिङ, सुशीलराज सिंह कालीकोट, वीरबहादुर श्रेष्ठ कञ्चनपुर, शम्ािर्ला पोख्रेल मोरङ, देवी सहनी रौतहट, कृष्णबहादुर भण्डारी धादिङ, लक्ष्मीनारायण सहनी रौतहट, कमल गैरे गुल्मी, बाबुकाजी मानन्धर काठमाडौं, पार्वतीदेवी भण्डारी बझाङ, पुष्कर शाही कालीकोट, देविका बस्नेत सोलुखुम्बु, हरिबहादुर गुरुङ धादिङ, शिरीष आचार्य रौतहट, कुमार पौडेल रामेछाप, प्रमोदकुमार आचार्य रौतहट, खेमकुमार थापा सुर्खेत, शम्भुबहादुर खड्का सिन्धुली, रामदिनेश शाह रौतहट, विनोद शाह सर्लाही, सोमानसिंह कँुवर अछाम, कमला कुँवर गुल्मी, ढलकबहादुर खड्का रौतहट, सुनीता धामी दार्चुला, रामु नेपाली गोर्खा, ललितादेवी पासवान धनुषा, विनीता परियार सिन्धुली, मिलन राई खोटाङ, अजय शर्मा दाङ, लालबहादुर विश्वकर्मा चितवन, फणीन्द्रप्रसाद पोख्रेल उदयपुर, दीपकबहादुर कटवाल रौतहट, ठकेश्वर कोइराला पाल्पा, भरथरी चौधरी कैलाली, नवरत्नमणि जोशी बझाङ, बलवीरसिंह खत्री डडेलधुरा, टेकबहादुर रावल अछाम, खगेन्द्र तेलर डोटी, भरतप्रसाद दंगाल मोरङ, श्रीधर भट्टराई नवलपरासी, भरतकुमार बादी रोल्पा, कलशदेवी शाह सर्लाही, नारायणप्रसाद भट्ट नुवाकोट, सरोज रावल अछाम, शेष विष्ट मकवानपुर, रमेश श्रेष्ठ भोजपुर र बमबहादुर कठायत अछाम

चारदेखि १९ हजार बुझ्ने

नरध्वज रावत कालीकोट, महेश्वर पासवान धनुषा, पार्थ चुडाल ललितपुर, नारायण पोख्रेल सल्यान, रामपुरा विक कालीकोट, शेख अब्बास रौतहट, भोला पासवान धनुषा, रामजालु थारु बर्दिया, पञ्च तामाङ मकवानपुर, शोभा आचार्य पाल्पा, नरबहादुर तामाङ नुवाकोट, दानी थापा, शम्भु ठकुरी सर्लाही, जमुना रोका ओखलढुंगा, दिलमाया कार्की दाङ, बिन्द्रबहादुर श्रेष्ठ रामेछाप, सुमिता श्रेष्ठ धादिङ, उत्तम शाही मुगु, सुरजङ शाही मुगु, तेजबहादुर रावल डडेलधुरा, सोमान कुँवर अछाम, प्रेम बराल कालीकोट, गगनबहादुर कार्की दाङ, मदन ढुंगाना बाँके, अर्जुनबहादुर साउद अछाम, राजु चौधरी बारा, लोकेशकुमार शाही दैलेख, गंगाबहादुर विक गुल्मी, सोमी मुखिया मोरङ, प्रबिन पुरी धादिङ, खड्गबहादुर आले धादिङ, दिलीप पटेल रौतहट, ज्योति कोइराला सुनसरी, पार्वती चौधरी कैलाली र आयुष खड्का चितवन ।

1 comment:

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by