ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Sunday, October 11, 2009

'माओवादी को हो र सहमति गर्ने ?’

चितवन/ कांगे्रस कार्यवाहक सभापति सुशील कोइरालाले पार्टी राष्ट्रपतिविरुद्ध उत्रन नसक्ने बताएका छन् । उनले त्यसको बदला माओवादीसँगको सहकार्य र सहमति तोड्न सकिने बताए । 'राष्ट्रपतिमाथि लागेको कुनै पनि आक्षेप स्विकारेर माओवादीसँग कुनै पनि हालतमा सहमति र सहकार्य हुन सक्दैन,' कोइरालाले भने, 'राजासँग त कुनै सहमति गरेनाँै, माओवादी को हो र सहमति गर्ने ?' माओवादीले सत्ताकब्जा गर्न खोज्दा राष्ट्रपतिले लोकतन्त्र बचाउन चालेको कदमको उनीहरूले विरोध गरेका हुन्,' प्रेस युनियन, चितवनद्वारा शनिबार साँझ चितवनमा आयोजित पत्रकार-सम्मेलनमा नेता कोइरालाले भने । माओवादीको सत्ताकब्जा गर्ने षड्यन्त्र असफल भएको उनको दाबी थियो ।
उनले राष्ट्रपतिले चालेको कदम सही भएको जिकिरसमेत गरे । 'संविधानका रक्षक र सेनाका परमाधिपति भएका कारण राष्ट्रपतिको कदम उनको कर्तव्य थियो,' कोइरालाले थपे, 'असफल भएपछि माओवादीले सरकार छाडेको हो ।'


प्रजातान्त्रिक सेनानीको निधन


काठमाडौं/ कांग्रेसको भ्रातृ संगठन नेपाल प्रजातान्त्रिक सेनानी संघका सभापति चिजकुमार श्रेष्ठको ८३ वर्षको उमेरमा निधन भएको छ । २००७ को जनक्रान्तिदेखि नै प्रजातान्त्रिक आन्दोलनमा सक्रिय श्रेष्ठको शुक्रबार भरतपुर नगरपालिका— २ स्थित निवासमा निधन भएको हो । वि.सं १९८३ मा तनहुँको बन्दीपुरमा जन्मेका श्रेष्ठले पछिल्लो जनआन्दोलनमा समेत सक्रिय भूमिका निर्वाह गरेको कांग्रेसद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । श्रेष्ठको निधनप्रति सभापति गिरिजाप्रसाद कोइरालाले दुःख व्यक्त गरेका छन् । शोक-विज्ञप्तिमा पार्टीले एक कुशल संगठक गुमाएको उल्लेख छ ।


मञ्चको आग्रह


काठमाडौं/ सुदूरपश्चिमाञ्चल सरोकार मञ्च, नेपालले बाढीपहिरोप्रभावित सुदूरपश्चिमी जिल्लामा राहत तथा पुनस्र्थापनाका कार्यक्रम लैजान सरकारसित माग गरेको छ । प्रकोपप्रभावित जिल्लाका लागि सरकारले राहतस्वरूप दिन लागेको १५ करोड रकम नपुग भएको भन्दै पीडितको उद्धार, राहत, पुनस्र्थापना तथा औषधोपचारको सम्पूर्ण प्रबन्ध गर्न मञ्चले माग गरेको छ ।



No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by