ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Monday, October 12, 2009

'दीर्घकालीन प्याकेज ल्याएर अयोग्य लडाकु पुर्नस्थापना गर'



'कमसेकम स्थायीत्वको प्याकेज चाहियो । उनीहरुको सापेक्षित ज्ञारेण्टीको प्याकेज ल्याउनुपर्‍यो ।' उनले भने, 'जस्तै सहकारी स्थापना गर्न सकिन्छ । उनीहरुनै मालिकदेखि मजदुरसम्म हुने सहकारी अन्र्तगत उद्योग संचालन गर्न सकिन्छ ।' 
काठमाडौ, २०६६ आश्विन २६ - माओवादी जनसेनाका डेपुटी कमाण्डर चन्द्रप्रकास खनालले अयोग्य लडाकु पुर्नस्थापनाका लागि सरकारले ल्याएको प्याकेज दीर्घकालीन नभएको गुनासो गरेका छन् । रिपोटर्स क्लवले सोमबार राजधानीमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले सरकारले अयोग्य लडाकुलाई उपलब्ध गराउने सुविधा अस्थायी भएको भन्दै लडाकुको पुर्नस्थापनाका लागि दीर्घकालीन आर्थिक प्याकेज ल्याउनुपर्ने माग गरे ।

'कमसेकम स्थायीत्वको प्याकेज चाहियो । उनीहरुको सापेक्षित ज्ञारेण्टीको प्याकेज ल्याउनुपर्‍यो ।' उनले भने, 'जस्तै सहकारी स्थापना गर्न सकिन्छ । उनीहरुनै मालिकदेखि मजदुरसम्म हुने सहकारी अन्र्तगत उद्योग संचालन गर्न सकिन्छ ।' 

उनले दीर्घकालीन पुर्नस्थापनाका लागि सरकारले उनीहरुलाई जग्गा अथवा एकमुष्ट रकम उपलब्ध गराउन सक्ने पनि बताए । खनालले राजनीतिक दलहरुबीच सहमति नभएसम्म शिविरमा रहेका योग्य लडाकु पनि समायोजन हुन नसक्ने दावी गरे । रक्षामन्त्री विद्या भण्डारीले शान्ति सम्झौता पुर्नमूल्यांकन गर्नुपर्छ भनि दिएको अभिव्यक्तिप्रति उनले आपत्ति जनाए ।

तर शिविरमा रहेका माओवादी लडाकु समायोजनका लागि वर्तमान सुरक्षा संयन्त्रको पुर्नसंरचना आवश्यक भएको उनले धारणा राखे ।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by