ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Monday, October 12, 2009

तिहारलगत्तै माओवादी सरकारः बाबुराम

गोर्खा, २६ असोज(दैनिकी)
एकीकृत नेकपा माओवादीका उपाध्यक्ष डा.बाबुराम भट्टाराईले तिहारलगत्तै माओवादी नेतृत्वमा राष्ट्रिय संयुक्त सरकार बन्ने ठोकुवा गरेका छन। नियमित कार्यक्रम अन्तरर्गत गृह जिल्ला गोरखा पुगेका डा.भट्टराईले सोमबार बिहान गोरखा अस्पताल परिसरस्थित जनस्वास्थ्य सहकारी संस्था लिमिटेडले संञ्चालनमा ल्याएको फार्मेसी उदघाटनमा राजनीतिक गतिरोध छिट्टै अन्त्य हुने बताए। उनले वार्ता र सहमतिको आधारमा एकीकृत नेकपा माओवादीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बन्ने र 'कठपुतली सरकार' ले विदा लिने ठोकुवा गरे। उनले वर्तमान सरकार रही रहे संविधान पनि नबन्ने र शान्तिप्रक्रिया समेत धरापमा पर्ने धारणा राखे ।
भटटराईले राष्ट्रिय सरकारको निर्माणको विकल्प नभएको स्पष्ट पार्दै उनले तिहारलगत्तै आˆनो पार्टीको नेतृत्वमा सरकार नबने जनता सडकमा उत्रने चेतावनी दिए।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by