ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Sunday, October 11, 2009

माओवादी अध्यक्ष दाहाल चीन प्रस्थान


काठमाडौ, २०६६ आश्विन २५ - माओवादी अध्यक्ष पुष्पकमल दाहाल एक साता लामो चीन भ्रमणका लागि आइतबार बिहान त्यसतर्फ प्रस्थान गरेका छन् । दाहाल बिहान साढे ९ बजे बेइजिङका लागि उडेका हुन् । त्यसतर्फ प्रस्थान गर्नुअघि त्रिभुवन विमानस्थलमा संचारकर्मीसंग कुरा गर्दै उनले केही दिन भित्रै राजनीतिक गतिरोध अन्त्य हुने विश्वास व्यक्त गरे । उनले कांग्रेस र एमालेले तयार पारेको प्रस्तावमा संशोधन गरेर नयाँ प्रस्ताव ल्याउन लागेकाले कात्तिकको पहिलो साता सम्ममा सहमति हुनेमा आफू विश्वस्त रहेको बताए । उनले भने-'आगामी कात्तिक ३ गते माओवादीले गर्ने चियापान कार्यक्रम सम्ममा सहमति बन्नेमा ढुक्क भएको छु ।'
चीनको भ्रमण राष्ट्रिय हितलाई मुख्य विषय वस्तु बनाई गर्न लागिएको भन्दै उनले भ्रमणका विषयमा छिमेकी मुलुकहरुसंगको सम्बन्धमा असर पार्ने गरी बढाइ चढाई नगर्न संचारकर्मीलाइ आग्रह गरेका थिए । यसअघि सरकार प्रमुखको हैसियतमा गर्ने भनिएको दाहालको चीन भ्रमण सेनापति प्रकरणका कारण हुन सकेको थिएन ।
चिनियाँ कम्युनिष्ट पार्टीको निम्तो त्यसतर्फ गएको भ्रमण टोलीमा अध्यक्ष दाहाल सहित वरिष्ठ उपाध्यक्ष मोहन वैद्य, विदेश विभाग प्रमुख कृष्णबहादुर महरा र दाहाल पुत्र प्रकाशको पनि सहभागिता छ । 

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by